राष्ट्रियसभा निर्वाचन : कर्णालीमा शतप्रतिशत मतदान

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा शतप्रतिशत मतदान
तस्बिर : रासस

काठमाडौं : राष्ट्रियसभा सदस्यका लागि कर्णाली प्रदेशमा शतप्रतिशत मतदान सम्पन्न भएको छ । प्रदेशसभाका ४० तथा स्थानीय तहका १५६ गरि १९६ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कर्णालीबाट दलित, महिला र अन्य तर्फ गरि ३ पदका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णु बहादुर विक (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) उम्मेदवार छन् ।

एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार छन् ।

सत्तारुढ गठबन्धनको पक्षमा तीन हजार ७७९ मतभार संख्या छ भने एमालेको मतभार संख्या एक हजार १९५ छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.