नेपालले लियो पाचौं विकेट

नेपालले लियो पाचौं विकेट
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोट फाइनल खेलमा नेपालले पाचौं विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी ओमानले पाचौं विकेट गुमाएको हो।

करण केसीले नसीम खुशीलाई आउट गराएका हुन्।  १७.१ ओभरमा केसीको बलमा विवेक यादवले क्याच आउट गराएका हुन्। 

यस अगाडि १६.५ ओभरको खेलमा अविनाश बोहराले ओमानका कश्यप प्रजापतिलाई आउट गराएका हुन्। बोहराको बलमा कप्तान रोहित पौडेलले प्रजापतिलाई क्याच आउट गरे। उनले ६३ रन जोड्न सफल भए। 

यसैगरी विवेक यादवले ओमानका जिशान मकसूदलाई क्याच आउट गराएका थिए। यादवको बलमा कप्तान रोहित पौडेलले क्याच आउट गरेका हुन्।

त्यसैगरी गुल्सन झाको बलमा सन्दीप जोराले अकिब इलियासलाई क्याच आउट गरेका थिए। उनी १९ बलमा ३३ रन बनाएर आउट भए।

यस अगाडि सोमपाल कामीले ओमानका प्रतिक अथवालेलाई आउट गराएका थिए। अथवाले ७ रन बनाएर आउट भए।

६ विकेटको क्षतिमा नेपालले ओमानविरुद्ध १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेसँगै नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

अहिले ओमान १५.४ ओभरको समाप्तिमा १३७ रन बनाएर खेलिरहेको छ। 

निर्धारित ओ‌भरको खेलमा पौडेल र गुल्सन झाले अर्धशतक बताए। नेपालका लागि पौडेल र करण केसी अविजित रहे। पौडेलले ३७ बलमा ५२ रन बनाएका थिए। पौडेलले २ छक्का र ५ चौका प्रहार गरे। केसीले ६ बलमा २० रन बनाए। उनले २ छक्का र १ चौका प्रहार गरे।

त्यस अगाडि गुल्शन झाले २५ बलमा ५४ रन बनाएका थिए। झाले ४ छक्का र ५ चौका प्रहार गरे। संकटमा रहेको नेपाललाई उनले विष्फोटक ब्याटिङ गरेर आशा दिलाएका थिए। 

त्यसैगरी कुशल भुर्तेलले २२ बलमा ३१ रन बनाए। उनले २ छक्का र ३ चौका प्रहार गरे। सन्दीप जोरा १३ बलमा १० रन बनाएर आउट भए। अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.