राष्ट्रपति पौडेल र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति भवनमा आज अपराह्न भेटवार्ता गरेका छन्।
भेटका क्रममा राष्ट्रपति पौडेलले लामो समयदेखि नेपालको विकास साझेदारका रूपमा रहेको संयुक्त राष्ट्रसंघलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताए।
उक्त विश्व संस्था र त्यस अन्तर्गतका विशिष्टीकृत निकाय, कोष तथा कार्यक्रमले नेपालको सामाजिक, आर्थिक विकास एवम् दिगो विकास लक्ष्य प्राप्तिमा निरन्तर गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।