चीन उड्नु अघि कप्तान रोहित पौडेलले भने : सरकारले घोषणा गरेको पुरस्कार अझै पाएनौं

चीन उड्नु अघि कप्तान रोहित पौडेलले भने : सरकारले घोषणा गरेको पुरस्कार अझै पाएनौं

काठमाडौं :  नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले घोषणा गरेको पुरस्कार अझै नपाएको बताएका छन्। एसियाडमा सहभागी हुन चीन उड्नुअघि आइतबार क्यानले काठमाडौंमा गरेको बिदाइ कार्यक्रमपछि पत्रकारसँग उनले सरकारले घोषणा गरेको रकम अहिलेसम्म आइनसकेको गुनासो गरेका हुन्।

पौडेलले अझै पनि आफूहरु रकम आउनेमा आशावादी रहेको जिकिर गरे। उनले भने, ‘अहिलेसम्म आएको छैन। हेरम् अब, भनेको त धेरै भइसक्यो अहिलेसम्म आएको छैन। होपफूल्ली आउँछ। कति पटक भनिसक्नुभएको छ, अहिलेसम्म आएको छैन।’

एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको बिदाइ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले घोषणा गरेको पुरस्कार अर्को मन्त्रिपरिषद् बैठकले निकासा गरेर छिट्टै दिने प्रतिबद्धता जनाएका थिए। 

पौडेललेले एसियाड गेमका लागि नेपाली क्रिकेट टोलीले  तयारी राम्रो गरिरहेको दाबी गरे। उनले कुनै पनि टोलीलाई कमजोर नठानी खेल्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘तयारी अहिले राम्रो भइरहेको छ, हामी अभ्यासमा नै व्यस्त छौँ। एसियन गेम्सलाई लिएर सबैजना उत्साहित हुनुहुन्छ। हाम्रो मुख्य लक्ष्य मेडल जित्नै नै हो। टी-२० क्वालिफायरभन्दा अगाडि टुर्नामेन्ट खेल्न पाएका छौँ। हामी टी-२० का लागि पनि तयार छौँ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.