किसान सचेत भए पानामा रोग नियन्त्रण हुन्छ

किसान सचेत भए पानामा रोग नियन्त्रण हुन्छ

पानामा रोग एक प्रकारको ढुसीले लाग्ने रोग हो । यो रोग सबैभन्दा पहिले सन् १८७४ अस्ट्रेलियामा फेला परेको थियो । त्यो रोगले २०औं शताब्दीतिर ठूलो विध्वंश मच्चायो । खासगरी दक्षिण अमेरिकामा बगानका बगान केरा सखाप पार्‍यो । त्यसपछि वैज्ञानिकहरूले केराको नयाँ जातको विकास गरे, त्यो केरा क्याबेन्डस जातको अहिलेको जी नाइन, विलियम जातको केराहरू हो, जुन त्यो रोगसँग सहन गर्न सक्ने भए । 

पानामाले ध्वस्त भएको केरा उद्योग नयाँ जातको विकास भएपछि पुनर्जीवित भयो र संसारभर जी नाइनजस्ता क्याभेन्डिस जातका केराहरू लगाउने क्रम बढ्न थाल्यो र केरामा व्यवसायीहरू सफल हुन थाले । तर फेरि १९९० मा ढुसीको नयाँ जात देखा पर्‍यो पहिला रेस वान भन्ने थियो भने पछि रेस ४ भन्ने देखा पर्‍यो । रेस ४ अहिले संसारमा भएका सबै केरालाई ध्वस्त गर्ने क्षमता राख्दछ र एकदमै आक्रामक छ, पहिलेको भन्दा यो तीव्र गतिमा संसारभरि फैलिरहेको छ । इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, म्यान्मार, पाकिस्तान, अफ्रिका, साउथ अमेरिका, अस्ट्रेलिया पुगेको छ । हाम्रो छिमेकी देश चीनमा २००२ मा र भारतको उत्तर प्रदेश र बिहारमा सन् २०१५ मा यो रोग देखा परेको छ । यो रोग केरामा माटोबाट सर्ने हुँदा माटोबाट अर्को ठाउँमा सर्छ, संक्रमित केराका बोटबाट पनि यो सर्ने गर्छ ।

त्यसमाथि रोग संक्रमित केराको खेतमा सिँचाइ गरेको पानी, अर्को खेतमा गयो भने त्यो पानीबाट पनि सर्छ । खेतमा काम गर्दाखेरी औजारहरू, ट्याक्टरहरू, पशु वा मान्छे नै हिँडेको छ भने हाम्रो खुट्टामा टाँसिने माटोबाट अर्को खेतमा सर्ने भयो । यसरी यसले रोग लागेको माटोबाट सरेको हो भने त्यसको लक्षणहरू देखिनको लागि ५,६ महिना जति लाग्छ भने विरुवाबाट सरेको हो भने २,३ महिनामै लक्षणहरू देखा पर्ने हुनाले यो रोगले नेपालको केरा व्यवसायमा ठूलो चुनौती थपेको छ ।

null

डा.रामबहादुर खड्का, कृषि वैज्ञानिक, नार्क 

यो असाध्यै आक्रामक ढुसी हो, यसले एउटा खेतमा माटोबाट सर्ने हुँदाखेरी त्यहाँ थुप्रै क्रियाकलाप हुन्छ जस्तैः गोडमेलको काम, कामदारहरू एक ठाउँबाट अर्को ठाउँमा हिँडिराखेको हुन्छ, मान्छेको खुट्टामा माटो टाँसिने, औजारहरूमा माटो टाँसिने, सिँचाइ गरिन्छ त्यसको पानीबाट वा आकाशबाट परेको पानी एक ठाउँबाट अर्को ठाउँमा गएपछि त्यो खेतमा पूरै फैलिन्छ रोगले सबै बिरुवा मर्छ, विरुवा ढल्छ र उत्पादन शून्य हुन्छ र बगैंचा नै सखाप गर्ने क्षमता राख्दछ । अर्को कुरा कुनै पनि जात योसँग सहन सक्ने नहुँदा खेरी समयमा यसलाई रोक्नका लागि हामीले प्रयास गरेनौं भने यसले नेपालको केराखेतीलाई निकै ठूलो असर पार्ने देखिन्छ । 

यो पानामा रोगको इतिहास हेर्ने हो भने यसलाई कृषिको इतिहासमा सबैभन्दा ठूलो महामारीका रूपमा लिने गरिन्छ । त्यसैले किसानहरू चिन्तित हुनु त स्वाभाविकै हो तर यो माटोबाट सर्ने रोग हो, यो हावाबाट सर्दैन । तुलनात्मक रूपमा हावाबाट सर्ने रोगभन्दा माटोबाट सर्ने रोगहरूलाई हामीले सजिलै बचाउन सकिन्छ । बिरुवालाई आफ्नो खेतमा रोग आउनबाट बचाउन सकिन्छ अर्को हामीले सुरुकै अवस्थामा यो रोग पत्ता लगाएका छौं, जसले गर्दा धेरै किसानको खेतमा फैलिसकेपछि रोग पत्ता लागेको भए पनि हामीले धेरै केही गर्न सकिने अवस्था हुँदैन थियो । त्यसकारण सुरुको अवस्थामा रोग पत्ता लागेको हुँदा किसानले सचेतता अपनायो भने हामीले केरा खेतीलाई यसरी नै निरन्तरता दिन सकिन्छ, बचाउन सकिन्छ । त्यसैले धेरै आत्तिनु पर्ने अवस्था छैन । 

म २,३ वटा कुराहरू किसानलाई अनुरोध गर्न चाहन्छु । पहिलो, टीकापुरमा हामीले गरेको छलफलबाट एउटा प्राविधिक आचारसंहिता जारी गरेका छौं । किसानहरूले आफ्नो खेतमा जैविक सुरक्षाका विधिहरू अपनाउनु पर्‍यो । त्यो भनेको हामीलाई थाहा छ यो माटोबाट सर्छ, संक्रमित खेतमा उत्पादन गरेको गाना (केराको जरा) वा बोटहरूबाट सर्छ, औजारहरूबाट सर्छ, मान्छेको खुट्टामा टाँसिएर सर्छ भनेपछि हामीले हाम्रो खेतमा चारैतिर रोग छ, त्यो रोगबाट हाम्रो खेतलाई बचाउन तारबार वा घेराबन्दी गरेर राख्ने, जाने र आउने बाटो एउटै राख्ने, खेतभित्र प्रयोग गर्ने जुत्ताहरू वा बुटहरू खेतमै राख्ने, बाहिरबाट जाँदा पहिले लगाएको जुत्ता बाहिर राखेर सेनिटाइजेसन गर्ने र खेतमा भएको जुत्ता लगाएर मात्रै काम गर्ने  फेरि फर्किंदा पनि भित्रको जुत्ताभित्रै राख्ने र बाहिर अर्को जुत्ता लगाएर हिँड्ने यो गर्दाखेरी बाहिरको माटोबाट सर्ने रोगलाई रोक्न सकिन्छ । 

यदि कुनै कृषि औजारलाई प्रयोग गर्ने हो भने तपाईंले मजाले पानीले सफा गरेर ब्लिचमा केहीबेर डुबायौं भने कीटाणुहरू मर्छ भन्ने छ, त्यो डुबाएर प्रयोग गर्दा त्यसबाट पनि सर्दैन । यदि तपाईंको खेतमा बाढीको समस्या छ, रोगग्रसित क्षेत्रबाट आएको पानी तपाईंको खेतमा पस्ने सम्भावना छ भने खेतको वरिपरि नाला बनाई दिँदा भित्र र बाहिरबाट आएको पानीले नालामै जम्मा हुन्छ, खेतमा जाँदैन यसो गर्दा पानीबाट सर्ने कुरा पनि रोकियो । अर्को महत्त्वपूर्ण कुरा टिस्युकल्चर गरिएको बिरुवाहरू लगाउनु भयो भने यो रोग सर्दैन, गानाको बिरुवाभन्दा टिस्युकल्चरको बिरुवा लगाउने हो भने हामी बचाउन सक्छौं । अर्कातिर यसलाई सामान्यीकरण गर्नु हुँदैन भने किसानहरू धेरै हतोत्साहित हुनुपर्ने अवस्था पनि छैन । यसको व्यवस्थापनका लागि थोरै कुरामा ध्यान दिए यो रोक्न सकिने हुनाले किसानहरूलाई धेरै चिन्तित नहुन आग्रह गर्दछु । 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.