नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा परेकाहरूले दिएको रिटमाथिको सुनुवाइ स्थगित

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा परेकाहरूले दिएको रिटमाथिको सुनुवाइ स्थगित
फाइल तस्बिर।

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरूले दिएको रिट निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ। थुनुमा रहेकाहरूका कानुन व्यवसायीहरूले सुनुवाइ स्थगित गर्न निवेदन दिएपछि सुनुवाइ स्थगित भएको अदालत प्रशासनले जनाएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएपछि थुनामुक्तको माग गर्दै २० जनाले उच्च अदालत पाटनमा रिट दिएका थिए।

आज न्यायाधीश सुभाष पौडेल र दीपेन्द्र अधिकारीको इजलासमा रिटको पेशी तोकिएको थियो।

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नरेन्द्र केसी,टेक नारायण पाण्डे,सानु भण्डारी,आङदावा शेर्पा,डा.इन्द्रजित राई,हरिभक्त महर्जन,लक्ष्मी महर्जन,सन्देश शर्मा,शम्शेर मिया र गोविन्द चौधरीलगायत २० जनाले रिट दायर गरेका थिए।

जिल्ला अदालतको फैसलाविरुद्ध केसी र पाण्डेले साउन १२ गते र बाँकीले साउन १७ गते उच्चमा रिट दायर गरेका थिए।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाड,पूर्वउपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीलगायत १८ जना पक्राउ परेका छन्। हाल उनीहरू पुर्पक्षका लागि थुनामा छन्।

सोमबार नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने लोभ देखाएर रकम ठगी गरेको  आरोपमा १८ जना पीडितले  प्रहरीमा उजुरी दिएका थिए। उनीहरूले १ करोड ८५ लाख ९२ हजार बढी रकम ठगी भएको भनी छुट्टाछुट्टै किटानी जाहेरी दिएका थिए। 

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको छ। हाल पक्राउ परेकामाथि अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.