एसिया कप

हामी योग्य भएर यो ठाउँमा पुगेका हौं, पाकिस्तानसँग प्रतिस्पर्धात्मक खेल खेल्छौं : कप्तान पौडेल

हामी योग्य भएर यो ठाउँमा पुगेका हौं, पाकिस्तानसँग प्रतिस्पर्धात्मक खेल खेल्छौं : कप्तान पौडेल

काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले पाकिस्तानसँग प्रतिस्पर्धात्मक खेल खेल्ने बताएका छन्। एसिया कप खेल्न पाकिस्तानको मुल्तानी पुगेका पौडेलले मिडियासँग कुरा गर्दै एसिया कप नेपालीहरूको ठूलो सपना भएको बताए।

'एसिया कप नेपालीहरूको ठूलो सपना हो। हामीबाट धेरै आशा गरिएको छ। पाकिस्तान हाम्रो लागि राम्रो प्रतिद्वन्द्वी हो। तैपनि हामी पाकिस्तानसँगको खेल प्रतिस्पर्धी बनाउन चाहन्छौं,' उनले भने।

उनले नेपालले दुई दसकपछि उच्चस्तरीय खेल खेल्न लागेको भन्दै नेपालीहरूको लागि सौभाग्य रहेको बताए। 'हामीले पहिलोपटक एसिया कप खेल्दैछौं। यो हाम्रो लागि ठूलो उपलब्धि हो। हामी योग्य भएरै यो ठाउँसम्म पुगेका हौं। भोलिको खेललाई प्रतिस्पर्धात्मक बनाउँछौं,' उनले भेन। उनले श्रीलंकामा हुने भारतसँग दोस्रो खेललाई पनि प्रतिस्पर्धात्मक बनाउने बताए। 

उनले ब्याटिङ र बलिङमा नेपाली खेलाडी पनि कमजोर नरहेको बताए। तर पाकिस्तानसँग ठूलो अनुभव रहेको उनको भनाइ छ। एक बल पनि नेपालको लागि महत्वपूर्ण रहने उनले बताए।

'दुवै टिमसँग सक्षम ब्याटर र बलर छन्। तर, पाकिस्तानसँग ठूलो अनुभव छ। नेपालसँगको भिन्नता नै मुख्य त्यही हो। एक बल पनि हाम्रो लागि महत्वपूर्ण छ। हामी त्यही रणनीतिका साथ खेल्छौं,' उनले भने। 

उनले मुल्तानी क्रिकेट स्टेडियमको विकेट र बाउन्ड्रीको अवलोकन गरेको भन्दै योजनाअनुरुप खेल्ने बताए। 'मेरो र हाम्रो टोलीको यो पहिलो पाकिस्तान भ्रमण हो। मैले विकेटको निरीक्षण गर्ने अवसर पाएँ। हामीले बाउन्ड्री पनि हेर्‍यौं। त्यहीअनुसार रणनीति बनाएर हामीले योजनाअनुरुप खेल्नेछौं। अवश्य हामीले राम्रो गर्नेछौं,' उनले भने।

उनले जिम्बावेमा आयोजक जिम्बावे र वेस्ट इन्डिजसँगको खेललाई तयारीको रूपमा व्यख्या गरे। इमर्जिङ एसिया कपले पनि थप सहयोग पुगेको उनले बताए। 

नेपाली टिमका लागि राम्रो बन्दोबस्ती गरेको भन्दै उनले आयोजक पाकिस्तानलाई धन्यवाद दिए। उनले पाकिस्तानी खेलाडी मोहम्मद रिजवानले आफूहरूसँग अनुभव साटेको बताए। पाकिस्तानसँग खेलबाट पनि धेरै कुरा सिक्ने उनले बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.