केपी ओली र भीम रावलबीच भेटवार्ता

केपी ओली र भीम रावलबीच भेटवार्ता
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच भेटवार्ता भएको छ। अध्यक्ष ओली र पार्टीभित्र फरक मत राख्दै आएका नेता रावलबीच मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा भेटवार्ता भएको हो।

नेकपा एमाले विभाजन हुँदा माधव कुमार नेपालको पक्षमा वकालत गर्दै आएका उनी अन्ततः एमालेमै बसेका थिए। उनले पछिल्लो पार्टीको १०औं महाधिवेशनमा समेत ओलीविरुद्ध अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए। ओलीसँग पराजित भएका उनी त्यसयता उनले एमाले अध्यक्ष ओलीसहित पार्टी नेतृत्वप्रति आक्रोश पोख्दै आएका छन्।

मंसिर ४ को निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि उनी अध्यक्ष ओलीप्रति झन् आक्रामक बनेका थिए। रावलसँग सम्वाद गर्न पार्टीले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता कमिटीसमेत गठन गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.