कैदीबन्दी मृत्यु प्रकरण : राष्ट्रिय मानव अधिकार आयोगको टोली सङ्खुवासभामा

कैदीबन्दी मृत्यु प्रकरण : राष्ट्रिय मानव अधिकार आयोगको टोली सङ्खुवासभामा
जिल्ला कारागार संखुवासभा परिसर । तस्बिर : अनिष विष्ट
सुन्नुहोस्

खाँदबारी : जिल्ला कारागार संखुवासभामा सुरक्षा घेराभित्र कैदीको मृत्युपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली खाँदबारी आएको छ । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले शुक्रबार बिहानैबाट घटनाको अनुसन्धान सुरु गरेको हो । 

संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षिय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपलिका–७ का २८ वर्षीय आकाश बलामीको कुटपिटबाट मृत्यु भएको घटना बाहिरिएपछि  मानव अधिकारकर्मीको टोली खाँदबारी आइपुगेको हो । 

घटनाबारे अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोग कोसी प्रदेशका प्रमुख उपसचिव पवन कुमार भट्ट, मानव अधिकार अधिकृत चिरञ्जीवि कोइराला,देवेन्द्र रेग्मीको टोलीले अनुसन्धान सुरू गरेका हुन् । घटनाको अनुन्धानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश प्रमुख सोम थापासहितको ३ जनाको टोली पनि खाँदबारी आइपुगेको छ । 

गृहमन्त्रालयअन्तर्गत कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डेको नेतृत्वमा बनेको पाँच सदस्यीय टोली अनुसन्धानका लागि खाँदबारी आइपुगेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । 

टोलीमा प्रहरी नायब उपरीक्षक कौशल बुढाथोकी, अनुसन्धान अधिकृत कुमार बुढाथोकी, कानुन अधिकृत तुलबहादुर खड्का र जिल्ला प्रशासन कार्यालय संखुवासभाका अधिकृत भोगेन्द्र श्रेष्ठ छन् । पाण्डे नेतृत्वको टोलीले समेत छानबिन सुरु गरिकेको छ । 

घटनामा प्रहरीको समेत संलग्नता देखिएपछि कोशी प्रदेश प्रहरी कार्यालयले एसपी ऋषिराम कडेलको नेतृत्वमा आएको ४ सदस्यीय छानबिन समितिले बिहीबारबाट नै अनुसन्धान सुरु गरिसकेको छ । घटनामा संलग्न रहेको आरोपमा १० जना प्रहरीलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ । 

प्रहरीका अनुसार सीसीटीभी फुटेजका आधारमा १० जना प्रहरीमाथि अनुसन्धान भइरहेको छ । कारागारको बन्दीगृहको ब्लक ‘ए’ मा ६६ जना कैदीमध्ये नौजना कैदीलाई सुरक्षाका लागि भन्दै जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी गोदारले जानकारी दिए ।  

आफन्तले किटानी दिएपछि प्रहरी र कैदीबन्दीलाई म्याद थपका लागि जिल्ला अदालत चैनपुर लगिने डीएसपी गोदारले जानकारी दिए । घटनामा संलग्नलाई प्रहरी नियन्त्रणमा नै रहेकाले प्रमाणका आधारमा सबैलाई कारबाही हुने उनले बताए । 

कारागार नौ जना कैदीबन्दीलाई कारागार प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई सुरक्षाका लागि अन्यत्र लागिदिन अुनरोध गरेपछि प्रहरी कार्यालयको हिरासत कक्षामा राखिएको डीएसपी गोदारले बताए । कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई अनुसन्धान गर्ने अधिकार समेत प्रहरीमा नरहेकाले आफन्तको किटानी जाहेरीको आधारमा अदालतबाट म्याद थप भएपछि मात्र अनुसन्धन गरिने उनले बताए ।

 डीएसपी गोदारले भने,‘प्रहरी नियन्त्रणमा रहेका घटनमा संलग्न प्रहरीमाथि अनुसन्धान भइरहेको छ ।’ कुटपिटपछि उनीहरूलाई प्रहरी बन्दीगृहको ब्लक ‘ए’ लगेर राखिएको थियो । ब्लक ‘ए’ ६६ जना कैदीबन्दी बस्दै आएका थिए ।

भित्र पनि कैदीबन्दीहरुले उनीहरूमाथि कुटपिटको बताएका छन् । २५ जनाको क्षमता रहेको कारागारमा अहिले १ सय ३६ जना कैदीबन्दी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.