‘जिम्बावे भ्रमण सिकाइ भयो’

‘जिम्बावे भ्रमण सिकाइ भयो’
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले जिम्बावे भ्रमणमा आफूहरूले थुप्रै कुरा सिक्न पाएको बताएका छन्। आईसीसी विश्वकप छनोटको ग्लोबल छनोट खेलेर शुक्रबार स्वदेश फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रोहितले जिम्बावेमा थुप्रै कुरा सिक्न पाएको बताएका हुन्।

‘जिम्बावे भ्रमणमा हामीले सोचेजस्तो नतिजा निकाल्न सकेनौं। तर, त्यहाँ रहँदा हामीले धेरै कुरा सिक्न पायौं’, उनले भने, ‘टेस्ट राष्ट्रसँग खेल्न पाउनु हाम्रा लागि ठूलो कुरा हो। उनीहरूको खेल हेरेर हामीले धेरै कुरा सिक्न पायौं।’  

उनले टेस्ट टोलीसँग नियमित रुपमा खेल्न पाएमा आगामी चार वर्षमा नेपालले विश्वकप खेल्न सक्ने बताए। ‘टेस्ट टोलीसँग खेल्दा हामीले धेरै कुरा सिक्न पाउँछौं। उनीहरूसँग खेल्दा हार/जितभन्दा पनि हामीले केही सिक्ने हिसाबले खेल्यौं’, कप्तान रोहितले भने, ‘जिम्बावेमा सिकेका कुरा इमर्जिङ टिम्स एसिया कपमा उपयोग गछौं।’ आईसीसी विश्वकप छनोटको ग्लोबल छनोट नेपालले टेस्ट टोली जिम्बावे, आयरल्यान्ड र वेस्टइन्डिजसँग प्रतिस्पर्धा गरेको थियो। 

उनले कुशल भुर्तेल जिम्बावेविरुद्धको खेलमा ९९ मा आउट हुँदा नराम्रो लागेको बताए। ‘कुशल ९९ रनमा आउट हुँदा एकदमै नराम्रो लाग्यो। उनले शतक बनाएपछि सबै उठेर ताली बजाउँला भनेर तयारी अवस्थामा बसेका थियौं’, उनले भने, ‘त्यो पूरा नहुँदा दुःख लागेको छ।’

जिम्बावेविरुद्धको पहिलो खेलमा कुशल भुर्तेल र आसिफ शेखले एक सय ७१ रनको सानदार शतकीय साझेदारी गरेका थिए। उक्त खेलमा कुशल ‘नर्भस नाइन्टिज’को सिकार भएका थिए।उनले नेपालको कमजोर फिल्डिङका कारण पनि जिम्बावेमा सोचे अनुरुप प्रदर्शन गर्न नसकेको बताए। ‘हामीले प्रतियोगिताभर फिल्डिङमा सोचे अनुरुप प्रदर्शन गर्न सकेनौं। वेस्टइन्डिज र आयरल्यान्डसँगको हारको प्रमुख कारण फिल्डिङ पनि थियो’, रोहितले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.