बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौं : नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएको बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। बजेटका विषयमा प्रधानमन्त्री,अर्थमन्त्री र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलपछि बजेट पारितमा सहयोग गर्ने निर्णय गरिएको नेकपा समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
बजेटमा पार्टीको सहमतिलाई बजेटको प्रणालीमार्फत सम्बोधन गर्ने प्रतिवद्धता आएपछि पक्षमा मतदान गर्ने निर्णय गरिएको उनको भनाइ छ ।
आज प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८०/८१ को बजेट पारित हुँदैछ।