शाई होपको शानदार ब्याटिङमा नेपाललाई ३४० रनको लक्ष्य

शाई होपको शानदार ब्याटिङमा नेपाललाई ३४० रनको लक्ष्य

हरारे: शाई होप र निकोलस पुरनको शतकप्रेरित वेस्ट इन्डिजले आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको ग्लोबल छनोटमा नेपाललाई तीन सय ४० रनको लक्ष्य दिएको छ।

जिम्बाब्वेस्थित हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजले ६ विकेट गुमाएर तीन सय ३९ रनको योगफल तयार गर्यो। बलिङमा राम्रो सुरुआत गरेको नेपालले १६औं ओभरमा वेस्ट इन्डिजका तीन ब्याटरलाई पभिलियन फर्काउँदा ५५ रन मात्रै दिएको थियो।

तर, १७औं ओभरको अन्तिम बलमा विकेटकिपर आसिफ शेखले पुरनको क्याच छोडेपछि वेस्ट इन्डिजले ब्याटिङमा उत्कृष्ट पुनरागमन गर्यो। नेपाली बलिङसामू संघर्षरत वेस्ट इन्डिजका कप्तान होप र पुरनले चौथो विकेटका लागि दुई सय १६ रनको साझेदारी गर्दै वेस्ट इन्डिजको इनिङ्स उकासेका थिए।

ओपनर ब्रान्डोन किङ्ग ३२ रन बनाएर पभिलियन फर्किँदा अर्का ओपनर काइल मेयर एक तथा वान् डाउनमा क्रिजमा उत्रिएका जोन्सोन चार्ल्स शून्यमा आउट भए।

क्यारेबियन टिमका लागि शानदार इनिङ्स खेलेका होपले एक सय २९ बलमा १० चौका र तीन छक्का प्रहार गर्दै एक सय ३२ रन जोडे। 

यस्तै, पुरन ९४ बलमा १० चौका र चार छक्कासहित एक सय १५ रन जोडेर आउट भए। रोभ्मन पावेल १४ बलमा तीन चौका र एक छक्कासहित २९ रन जोडेर आउट हुँदा अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन।

नेपालका लागि ललित राजवंशीले तीन तथा करण केसी, सन्दीप लामिछाने, गुल्शन झा, दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।

पहिलो खेलमा घरेलु टिम जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो। आजको खेलमा जित निकाल्न नेपालले एकदिवसीइ अन्तर्राष्ट्रियमा हालसम्म बनाएको सर्वाधिक रनको कीर्तिमान तोड्नुपर्नेछ।

नेपालले गत अप्रिलमा नेपालमै भएको एसीसी प्रिमियर कपमा ओमानविरुद्ध बनाएको ३१० रनको योगफल एकदिवसीय अन्तर्राष्ट्रियमा हालसम्मकै उच्च योगफल हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.