नेपालविरुद्ध होपको शतक!
हरारे: आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत नेपालविरद्ध ब्याटिङ गरिरहेको वेस्ट इन्डिजका कप्तान शाई होपले शतक बनाएका छन्।
हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजका लागि चौथो नम्बरमा क्रिजमा उत्रिएका होपले एक सय सात बलमा सात चौका र दुई छक्कासहित अर्धशतक पूरा गरे।
होपसँग चौथो विकेटका लागि १८० रनको साझेदारी गरेका निकोलस पुरन ९६ रन बनाएर खेलिरहेका छन्।
नेपाली विकेटकिपर आसिफ शेखले १७औं ओभरको अन्तिम बलमा पुरनको क्याच ड्रप गरेपछि वेस्ट इन्डिजले ब्यािटङमा पुनरागमन गर्यो। वेस्ट इन्डिजले ३९.४ तीन विकेट गुमाएर दुई सय ३६ रन बनाएको छ।
नेपालका लागि बलिङतर्फ करण केसी, गुल्शन झा र सन्दीप लामिछानेले एक–एक विकेट लिएका छन्।
पहिलो खेलमा घरेलु टिम जिम्बाब्वेसँग आठ विकेटले पराजित नेपालले समूह एको दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो।