आयोगले विदेशमा बस्ने नेपालीहरूको मतदाता नामावली संकलन सुरु गर्ने

आयोगले विदेशमा बस्ने नेपालीहरूको मतदाता नामावली संकलन सुरु गर्ने
सुन्नुहोस्

काठमाडौं : निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरूको मतदाता नामावली संकलन सुरु गर्ने भएको छ। शुक्रबार आयोगका पदाधिकारी र प्रमुख दलहरूबीच भएको सर्वदलीय बैठकले विदेशमा बस्ने नेपालीहरूको मतदाता नामावली संकलन गर्ने सहमति भएको थियो।

'आयोगबाट तयार गरिएको निर्वाचन व्यवस्थापन विधेयक स्वीकृतिका लागि प्रक्रिया अघि बढाउने, विदेशमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली संकलनका लागि कार्य प्रारम्भ गर्ने, स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली संकलन गर्ने तथा राजनीतिक दलहरूको लेखा तथा लेखापरीक्षणका सम्बन्धमा निर्वाचन आयोगलाई सबै राजनीतिक दलहरूले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे, आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विदेशमा रहेका नेपालीहरूलाई निर्वाचनमा मतदान गर्न दिने व्यवस्था मिलाउने बताएका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.