जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले जेष्ठ २७ गते (शनिबार) केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । विधान अधिवेशनको तयारी,समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जसपाको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
बैठक पार्टी कार्यालयमा दिनको १ बजे बस्ने जनाइएको छ।