शरणार्थी प्रकरणमा भइरहेको छानबिनलाई कांग्रेसले पूर्ण सहयोग गर्नुपर्छ : प्रदीप पौडेल

शरणार्थी प्रकरणमा भइरहेको छानबिनलाई कांग्रेसले पूर्ण सहयोग गर्नुपर्छ : प्रदीप पौडेल
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेस नेता प्रदीप पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई नेपाली कांग्रेसले पूर्णरुपमा सहयोग गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै नेता पौडेलले यो प्रकरणमा संलग्न जो कोहीलाई ढाकछोप वा चोख्याउने काम गर्न नहुने बताएका छन्।

उनले  लेखेका छन्-’नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई नेपाली कांग्रेसले पूर्णरूपमा सहयोग गर्नुपर्छ । कोही कसैले वा कहीं कतैबाट प्रभावित गर्ने काम हुनुहुँदैन । प्रकरणमा संलग्न जोकोहीलाई ढाकछोप गर्ने वा चोख्याउने काम नहोस् । ‘

उनले यो विषयमा अत्यन्तै गम्भीर भएर छानबिन गरी दोषी सबैलाई कानुन कठघरामा ल्याउनुपर्ने बताएका छन्। घटनामा नातावाद र कृपावादमा नपरी निष्पक्ष दृढतापूर्वक सरकार अगाडि बढ्‍नुपर्ने बताएका छन्।

‘को कुन पार्टीमा छ,कोसँग कसको के सम्बन्ध छ भन्ने कुनै पनि नातावाद र कृपावादमा नपरी छानबिन होस् । अत्यन्तै गम्भीर भएर छानबिन गरी दोषी सबैलाई कानुनी कठघरामा ल्याइयोस् । अनुसन्धान प्रकियामा निष्पक्ष भएर दृढतापूर्वक सरकार अगाडि बढोस् । ‘

नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार नेपाली कांग्रेसका नेता एवं पू्र्वगृहमन्‍त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन्। प्रहरीले खाँडलाई आज बिहान उनकै निवासबाट पक्राउ गरेको हो।

यो सँगै उक्त घटनामा आरोपित ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ । 

उक्त घटनामा आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.