मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सका प्रतिष्पर्धीलाई एनआरएनएको सम्मान

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सका प्रतिष्पर्धीलाई एनआरएनएको सम्मान
सुन्नुहोस्

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)ले मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सका प्रतिष्पर्धीलाई सम्मान गरेको छ। 

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको विश्वस्तरीय प्रतिष्पर्धाका लागि इन्ट्रा‐नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकामार्फत नेपाल आएका नेपाली मुलका कलाकारलाई विशेष सम्मान गरेको हो।

संघको काठमाडौंस्थित सचिवालयमा आयोजित कार्यक्रममा विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली मुलका २ सय जना कलाकारलाई सम्मान गरिएको एनआरएनएले जनाएको छ। 

इन्ट्रा‐नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हुन लागेको प्रतिस्पर्धामा नेपालसहित, भारत, थाइल्याण्ड, म्यानमार, अमेरिका, अष्ट्रेलिया, यूरोपेली विभिन्न मुलुक लगायतका नेपाली मुलका २ सय ४० प्रतिष्पर्धीहरू छन्।

संघका कार्यकारी अध्यक्ष डा बद्री केसीले नेपाली कला, भाषा र संस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्दै विश्वभरका नेपाली जातिलाई संस्कृतिका माध्यमबाट जोड्ने अभियानमा नेतृत्वदायी योगदान गरेकोप्रति सम्मान प्रकट गर्दै मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको भव्य सफलताको शुभकामना व्यक्त गरे। 

दोस्रो पुस्ताका नेपालीलाई नेपालसँग जोड्ने अभियानमा एनआरएनले लामो समयदेखि पहल गर्दै आएको अध्यक्ष केसीले बताए। उनले भने, 'हामी सबै नेपाली जो जहाँ भएपनि सबैले नेपाललाई आमा भन्न पाउनुपर्छ, अझ दोस्रो पुस्ताले आफ्नो पुर्खाको भूमिलाई बिर्सनु हुन्न भनेर हामीले तपाईंहरूलाई नेपालसँग जोड्न चाहेको छौँ, तपाईं सबै जना अब नेपाली माटोसँग जोडिनुपर्छ।'

संघका उपाध्यक्ष डिबी क्षेत्रीले दोस्रो पुस्ताका नेपालीलाई नेपालसँग जोड्न गैरआवासीय नेपालीले गरिरहेको पहलको जानकारी गराउँदै संघले फाउण्डेशनसँग सहकार्य गर्दै नेपाली भाषी र नेपाली मुलका सबैलाई नेपालसँग जोड्ने महान अभियान सुरु भएको बताए। 

इन्ट्रा‐नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले गीत र संगीतका माध्यमबाट भाइचारासहितको नेपाली जातीय एकता सुरु गरेको र त्यसमा एनआरएनएको सहकार्यका लागि आभार व्यक्त गरे। 

थाइल्याण्ड, म्यानमार लगायतका देशमा रहेका नेपालीलाई पनि कानूनी आधारसहितको परिपत्र प्रदान गर्न गैरआवासीय नेपाली नीति संशोधनका लागि उनले आग्रह गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.