प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्टबाट असान्दर्भिक पोस्ट

प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्टबाट असान्दर्भिक पोस्ट
सुन्नुहोस्

बिहीबार बिहान प्रधानमन्त्री कार्यालयको ट्वीटरबाट असान्दर्भिक विषयवस्तु रि-ट्विट भएका हुन्।

काठमाडौं : प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट पिएमओ नेपाल (@PM_nepal_)बाट असान्दर्भिक पोस्ट भएको छ। बिहीबार बिहान प्रधानमन्त्री कार्यालयको ट्वीटरबाट @LeftClickSave,@proof_xyz अकाउण्टमा पोस्ट भएका असान्दर्भिक विषयवस्तु रि-ट्विट भएका हुन्।

 प्रधानमन्त्रीको आधिकारिक अकाउन्टबाट रि-ट्विट भएपछि आईटी टोलीले यसबारे अध्ययन गरिरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ। उनले भने, ‘कसरी यस्तो हुन पुग्यो अनुसन्धान जारी छ। आइटी टीमले हेरिरहेको छ, ह्याक भएको हो या अन्यथा केही अनुसन्धानपश्चात थाहा हुन्छ।’

यस विषयमा प्रधानमन्त्री कार्यालयले भने आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन। 

यस अगाडि पिएमओ नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पार्टी माओवादी केन्द्रका कार्यक्रममा समेत पोस्ट भएको थियो। 

नेपालको प्रधानमन्त्री कार्यालयको ट्वीटरबाट ११ वटा फ्लोवर रहेको छ। ट्वीटरबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बेलायतको प्रधानमन्त्री कार्यालय, अमेरिकी राष्ट्रपति कार्यालय, केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्ड, नेपाल प्रहरी, प्रधानमन्त्री दैवी प्रकोप राहत कोष, सूचना तथा सञ्चार मन्त्री, बाराक ओबामा, भारतको प्रधानमन्त्री कार्यालयलाई फ्लो गरिएको छ।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.