महिलाहरूको संघर्षका कारण परिवर्तन सम्भव : उपेन्द्र यादव
काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले महिलाहरूको संघर्षका कारण परिवर्तन सम्भव भएको बताएका छन्।
समाजवादी ट्रेड युनियन महासंघ, महिला समितिले आयोजना गरेको ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।
राजनीतिक रूपमा परिवर्तन देखिए पनि आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा विद्यमान विभेद र असमानताको अन्त्य गर्न महिलाहरू थप सशक्त र जागरुक भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको अध्यक्ष यादवले बताए।