राष्ट्रपतिमा मेरो नाम सर्वसम्मत हुन्छ, एमालेले सहयोग गर्ने विश्वास छ: रामचन्द्र पौडेल
काठमाडौं: नेपाली कांग्रेसका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी दिएका नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा आफ्नो नाम सर्वसम्मत बन्ने अपेक्षा र इच्छा रहेको बताएका छन्।
राष्ट्रपतिको उम्मेदवारी दर्ता गराउँदै पौडेलले आफूलाई नेकपा एमालेले पनि सहयोग गर्ने विश्वास रहेको बताए। पौडेलले संविधानको अक्षरस पालना गर्ने आफ्नो कर्तव्य हुने र नेपालको परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्ने बताए।
उनले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पनि साथ दिने दावी गरेका छन्।