अन्तरिक्ष यानमा पहिलो महिला कमान्डर

अमेरिकी नागरिक इलिन कोलिन्स ‘स्पेस सटल’ कमान्ड गर्ने पहिलो महिला हुन्। सन् १९९५ फेब्रुअरी ३ मा उनले डिस्कभरि यानलाई रुसी मीर अन्तरिक्ष स्टेसनमा उडाइन्।
उनको अन्तिम अन्तरिक्ष उडान ‘रिटर्न टु फ्लाइट’ थियो। जुन स्पेस सटल कोलम्बिया दुर्घटना भएपछिको पहिलो हो। कोलिन्सले अन्तरिक्षमा झन्डै ३९ दिन बिताइन्। कोलिन्स अमेरिकाकी वायुसेनाको कर्णेल, सैन्य प्रशिक्षक र पहिलो महिला टेस्ट पाइलट पनि रहिन्।
उनी सन् १९५६ को नोभेम्बर महिनामा अमेरिकाको न्युयोर्कमा जन्मिएकी हुन्। सन् १९८५ मा स्पेस सिस्टम म्यानेजमेन्टमा उनले मास्टर अफ आर्टस् गरेकी थिइन्। कोलिन्सलाई सन् १९९० मा अन्तरिक्ष यात्री चुनिएको थियो। सन् २००६ मा उनी नासाबाट सेवानिवृत्त भइन्। - नासा
प्रतिक्रिया दिनुहोस !
