सानैदेखि नक्कली सरिता

सानैदेखि नक्कली सरिता

सरिता भारती पेसाले मेकअप आर्टिस्ट हुन्। उनले म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन्। मेरो जवानी, लुडो र तास, पहिला भेटमै बोलको गीतमा आफैं आवाज पनि दिएकी छन्। ब्युटिसियन ट्यालेन्ट नेपाल २०१८ की विजेता सरिता क्वाटवाककी राम्रो प्रतिभा हुन्। उनले मनसुन फेसन सोमा उत्कृष्ट क्वाटवाक गरेर चर्चा बटुल्न सफल भइन्।

शान्त र चुप लागेर बस्नै नसक्ने स्वभावकी भारती सानैदेखि नक्कली स्वभावकी थिइन्। उनलाई चिटिक्क भएर हिँड्नुपथ्र्यो। आमाको शृंगारका सामान चोरेरै भए पनि लाउनुपर्ने। गाउँमा हुने भजन कीर्तनमा गीत गाउने, दोहोरी खेल्ने भनेपछि भुतुक्कै हुन्थिन् उनी। यसैले पनि होला कलेज पढ्ने भएपछि ब्युटिसियनको तालिम लिइन्। हाल आर्ट मेकअपको काममा पनि व्यस्त छिन्। आभान इन्स्टिच्युटमा आर्ट मेकअप पढाउने गर्छिन् उनी। ‘ब्युटिसियन भएपछि आफू पनि सुन्दर हुन पाइने, अरूलाई पनि राम्री बनाउन पाइने। मेकअप नगरी हिँड्दा आत्मविश्वास नै आउँदैन मलाई’ उनले मेकअपसँगको साइनो प्रस्ट पारिन्। बिहेको सिजनमा बेहुली शृंगारमा पनि अब्बल छिन् उनी।

गोरखा स्थायी घर भएकी उनी हाल कीर्तिपुरमा बस्छिन्। इन्डियन आर्मीमा आबद्ध उनका बुवा कडा स्वभावका थिए। अनुशासनमा बस्नुपथ्र्यो। उनलाई भने चकचक गर्नुपर्ने। जे देख्यो त्यही चाहिन्थ्यो। गीत, गजल कविता लेखिरहनुपर्ने। स्कुलका कार्यक्रममा पनि सक्रिय रूपमा लाग्ने खालकी थिइन्। कार्यक्रम होस्टदेखि गेम खेल्नेसम्म उनको रुचिका विषय थिए।

राष्ट्रिय नाचघरमा उनले करिब एक वर्ष संगीत पनि सिकिन्। यसपछि आफ्नै आवाजमा गीत रेकर्ड गराएकी हुन्। केही म्युजिक भिडियोमा अभिनय पनि गरेकी छन्। सानो छँदा टीभीमा आउने सिरियल र फिल्म हेर्दा साइकल चलाउँदै फूल लिएर हिँड्ने हिरोइन खुब मन पथ्र्यो उनलाई। मैले पनि यस्तै काम गर्न पाए हुन्थ्यो भन्ने सोच्थिन्। यसैले पनि होला गीत संगीत र अभिनयमा कनेक्ट भइरहन्थिन् उनी।

खुल्ला स्वभावकी सरिता अहिलेका युवायुवतीलाई स्वतन्त्र छाडिदिनु पर्ने तर्क गर्छिन्। ‘स्वतन्त्र हुनु भनेको काम गर्न पूरा जिम्मेवारी दिनु पनि हो। आमाबुवाको अघि राम्रो नतिजा देखाएर विश्वास जित्ने अवसर पनि हो। यसैले पनि मलाई हरेक काममा घरबाट सहयोग नै गर्नुहुन्छ। काम यस्तो उस्तो भन्दा पनि कामको रिजल्ट खोज्नुहुन्छ’, उनले भनिन्।

नाच्न, घुम्न र साथीसँग रमाइलो गर्न मन पराउने सरिता कलेज पढ्ने बेला घरमा नभनेरै देशभर घुमेकी छन्। काठमाडांै बाहिरका साथीहरू कलेजमा भेट हुन्थे, कलेज बंक गरेरै घुम्न निस्कन्थ्यो उनीहरूको टोली। चञ्चले स्वभावकी सरितालाई सिरियस सम्बन्ध बनाउन भने कहिल्यै ध्यान गएन। सबैसँग मिल्ने तर प्रेम गर्ने तरिकाले कसैलाई नसोच्ने। साथीहरूको प्रेम सम्बन्धको लफडा देखेर पनि होला सरितालाई काममा टर्चर दिने प्रेमी बनाउन रहर छैन। बिहे अगाडिको स्वतन्त्रता प्रिय लाग्छ। घरबाट बिहेका लागि दबाब दिइरहन्छन् तर उनलाई बिहे गर्ने हतारो छैन। भन्छिन्, ‘बिहेको बन्धन पटक्कै मन पर्दैन मलाई।’

उनकी आमा राजनीतिमा सक्रिय छिन्। छोरीहरू पनि घरबाहिर जानुपर्छ, काम गर्नुपर्छ भन्ने सोच राख्ने, उनले पनि सरितालाई बाहिर निस्किएर काम गर्न हौसला दिने गर्छिन्। बुवाले पनि सहयोग गरिरहन्छन्। नाच्न मन पर्ने भए पनि डान्सबार र क्लबको म्युजिक मन पर्दैन उनलाई। क्लबमा साथीसँग कहिलेकाहीँ पुग्ने गर्छिन् तर रमाउन सक्दिनन्। क्लब गएर नाच्नुलाई नराम्रो मान्न नहुने तर्क दिँदै सरिताले काम गर्ने मामलामा कोहीसँग सम्झौता गर्न नहुने बताउँछिन्। फुर्सद भयो कि स्कुटर लिएर डाँडापाखा हँुइकिन, साइड सिन हेर्ने, प्राकृतिक सुन्दरतामा रमाउने सरिता जिन्दगी खुलेर जिउनुपर्ने जिकिर गर्छिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.