ललितपुरमा भएको आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु

ललितपुरमा भएको आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु

ललितपुर : ललितपुरको ग्वार्कोस्थित एक टहरामा भएको आगलागीबाट घाइते भएका दुई जना बालिकाको मृत्यु भएको छ। उपचारको क्रममा उनीहरूको मृत्यु भएको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए। 

उनका अनुसार आगलागीबाट घाइते भएकी ८ वर्षीया प्रिया गिरी र ३ वर्षीया एलिसा गिरीको मृत्यु भएको हो। आगलागीबाट एकै परिवारका ५ जना घाइते भएका हुन्। 

आगलागीबाट ३५ वर्षीय सञ्जय गिरी र उनकी पत्नी ३२ वर्षीया रुपा गिरी गम्भीर घाइते भएका छन्। उनीहरूको किस्ट अस्पतालको आइसीयुमा उपचार भइरहेको छ। अर्का घाइते १५ वर्षीय नित गिरीको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.