नाच्न जन्मेकी ऋचा

नाच्न जन्मेकी ऋचा

दोलखा चरीकोटकी रैथाने ऋचा थापा विगत ६ वर्षदेखि मोडलिङमा सक्रिय छिन्। हाल कीर्तिपुर बस्दै आएकी उनी शिवरात्रिको अवसरमा महादेव बनेर खिचाएको तस्बिरले समेत चर्चित बनिन्। शिवको स्वरूपमा उनको तस्बिर आकर्षक थियो। महिला भएर पुरुषको स्वरूपमा आउनु आफ्नै लागि पनि चुनौतीपूर्ण थियो। तर उनले यो कामलाई अवसरको रूपमा लिइन्।

लोग्नेमान्छे, आरोप र लभ यु हमेशालगायतका फिल्ममा अभिनय गरिसकेकी ऋचा अधिकांश समय म्युजिक भिडियोमै नाचिरहेकी हुन्छिन्। लोकगीत, आधुनिक गीत, तीजगीत गरी सयौं म्युजिक भिडियोमा उनको अभिनयसँगै नृत्य पनि हेर्न सकिन्छ। ऋचाकी आमा लक्ष्मी पनि कलाकार हुन्। सडक नाटक र केही सिरियलमा उनको अभिनय देख्न सकिन्छ। आमाकै काम देखेरै होला ऋचा सानैदेखि नाच्ने गर्थिन्। घरछेउमा हुने तिहारको रमाइलो होस् या साथीभाइ मिलेर खेलिने देउसीभैलो होस् उनी नाच्न पुगिहाल्थिन्। उनको नाच हेरेर दर्शकले पैसा दिइरहेका हुन्थे।

आफूलाई कलाकारका रूपमा चिनाउने ऋचा रहरले भन्दा पनि अवसरले मोडलिङमा आएको बताउँछिन्। कक्षा ८ मा पढ्दापढ्दै नाच सिक्ने रहर लाग्यो उनलाई। उनकी आमाले घरमा नै डान्स स्टुडियो खोलिदिइन्। यही स्टुडियोमा उनले एक वर्ष डान्स सिकिन्। भरत लामा र साजन नेपालले उनलाई नृत्य सिकाएका हुन्। नाच सिक्ने क्रममा उनलाई राजेशपायल राई र जुनु रिजालको आवाजमा रहेको तिम्रो मेरो माया जालैले बोलको गीतमा अभिनय गर्ने मौका आयो। यो अभिनयबाटै उनी निर्माता निर्देशकको नोटिसमा परिन्। उनले म्युजिक भिडियोमै निरन्तर अभिनय गर्न थालिन्। आमाबुवाकी एक्ली छोरी ऋचालाई साथीसँग घुम्न र रमाइलो गर्न खुब मन पर्छ। फुर्सद भएको बेला उनीहरूको समूह मिलेर गेट टुगेदर गर्छन्।

एसएस कलेज कीर्तिपुरमा उनले बीबीए अध्ययन गर्दैछिन्। कलेजकी टुरिस्ट विद्यार्थी हँु भन्ने ऋचा अभिनयकै क्रममा विभिन्न जिल्ला पुगेकी छन्। लभ यु हमेशा फिल्म सुटिङको सिलसिलामा फिलिपिन्स पनि पुगेकी छन्। उनलाई यो फिल्ड निकै रमाइलो लाग्छ। कामबाट सन्तुष्ट पनि छिन्। नयाँ आउने कलाकारलाई काम पाउन समस्या रहेको अनुभव गरेकी उनी पनि केही निर्माताबाट पारि श्रमिकमा ठगिएकी छन्। भन्छिन्, ‘यो श्रेत्रमा काम पाउन लिंक बनाउनुपर्छ।’

आमा पनि कलाकार नै भएकाले होला उनले काम पाउन खासै दुःख गर्नु परेन। हातमा आएको काम राम्रोसँग पूरा गरे त्यही टिमले अर्को काम दिने उनको बुझाइ छ। खुल्ला स्वभावकी आफूलाई ऋचा मन नपरेको विषयमा तुरुन्तै प्रतिक्रिया दिन्छिन्। मिसयुज र गलत व्यवहार मोडलिङ क्षेत्रमा मात्रै नभएर हरेक पेशामा हुने बताउँदै उनले आफ्नो काममा परिपक्व र क्षमतावान् भएमा कामकै लागि गलत बाटो अपनाउन नपर्ने सुनाइन्।

गलत तरिकाले बोलाउने, म्यासेज गर्ने र फाइदाको बार्गेनिङ गर्नेलाई कसैले पनि मतलव गर्न नहुने उनको बुझाइ छ। ‘कामको अफर आउनुअघि टिम र कामको प्रकृतिबारे डिटेलमा बुझ्नुपर्छ’, उनले भनिन्, ‘अहिलेका युवायुवती स्वतन्त्र वातावरणमा बाँच्न चाहन्छन्। यसका लागि आमाबुवाले साथी र सहयोगीको भूमिका निर्वाह गर्नुपर्छ।’ साथीसँग कहिलेकाहीँ क्लब जानु उनी नराम्रो ठान्दिनन्। भन्छिन्, ‘क्लबमा गएर घण्टौ नाच्नु, रमाइलोका लागि पिउनु खासै ठूलो कुरा होइन। आफूलाई फ्रेस राख्न पनि रमाइलो गर्नु जरुरी छ।’

कलेजको समयमा केटा साथीसँग आकर्षित हुनु, प्रेम प्रस्ताव आउनु सामान्य भए पनि उनी अहिलेसम्म दोहोरो सम्बन्धमा छैनन्। आमाले नै काममा सहयोग गर्ने र साथीजस्तो व्यवहार गर्ने भएकाले आफूलाई प्रेमीको खासै आवश्यकता महसुस नभएको उनले बताइन्। प्रेममा रहेका साथीहरूको टेन्सन देख्दा त कसैको पनि प्रपोज स्विकार नगरुँ जस्तो लाग्छ रे उनलाई।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.