१४ करोड ६४ लाखमा मनकामना जीर्णोद्वार, राष्ट्रपतिबाट समापन घोषणा

१४ करोड ६४ लाखमा मनकामना जीर्णोद्वार, राष्ट्रपतिबाट समापन घोषणा

गोरखा : राष्ट्रपति विद्यादेवी भण्डारीले गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जीर्णोद्वार कार्यको समापन गरेकी छन् । नेपाली सेनाको हेलिकप्टरमा बिहिबार दिउँसो साढे १ बजे मनकामना आइपुगेकी राष्ट्रपति भण्डारीले मन्दिरमा पूजा पनि गरेकी थिइन् । विशेष पूजासहित राष्ट्रपति भण्डारीले जीर्णोद्वार सम्पन्न भएको घोषणा गरेकी हुन् ।

त्यस अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले मनकामना मन्दिर जीर्णोद्वारका क्रममा सरकार र स्थानीय बासिन्दाबीच भएको सहकार्य उदाहरणीय रहेको बताइन् । मनकामना मन्दिर जीर्णोद्वारका लागि पुरातत्व विभागले चार करोड रुपैयाँ विनियोजन गरेको थियो । चन्दा अभियान तथा भक्तजनहरुबाट करिब १२ करोड रुपैयाँ संकलन गरिएको थियो ।

सरकार र नागरिकबीच सहकार्य भए विकासका कामहरु सहजरुपमा गर्न सकिन्छ भन्ने उदाहरण मनकामना मन्दिर जीर्णोद्वार समितिले देखाएको उनको भनाई छ । राष्ट्रपति भण्डारीले मन्दिर जीर्णोद्वारमा आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान पनि गरेकी थिइन् । 

जीर्णोद्वार समापन कार्यक्रमका वक्ताहरुले मनकामना क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्नुपर्ने माग गरेका छन् ।

शहिद लखन गाऊँपालिका–३ मा रहेको मन्दिर जीर्णोद्वार समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले गाउँकार्यपालिकाको बैठकले विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने निर्णय गरिसकेको भन्दै त्यसका लागि सहयोग गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गरेका थिए ।

गोरखा निर्वाचन क्षेत्र नम्वर १ का सांसद हरिराज अधिकारीले मनकामना मन्दिरसँगै आसपासका अन्य धार्मिक स्थललाई समेट्ने गरी गुरुयोजना बनाउनुपर्ने धारणा राखेका थिए । पुरातत्व विभागका कायममुकायम महानिर्देशक दामोदर गौतमले मनकामना मन्दिरको ऐहितासिक र धार्मिक महत्वबारे जानकारी गराएका थिए ।

मनकामना मन्दिर जीर्णोद्वारको काम २०६८ सालबाट सुरु भएको थियो । जीर्णोद्वारको काम सक्न १४ करोड ६४ लाख रुपैया खर्च भएको जीर्णोद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए । 

राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि मनकामना मन्दिर क्षेत्रको सुरक्षामा कडाइ गरिएको थियो । राष्ट्रपतिले आउने समयमा झण्डै एक घण्टा भक्तजनलाई पूजा गर्न दिइएको थिएन । कतिपय भक्तजन आफूले ल्याएको फूल प्रसाद मन्दिर परिसरमै छोडेर फर्किएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.