जनकपुरलाई अाकर्षक बनाउन १ अर्ब १४ करोडको योजना

जनकपुरलाई अाकर्षक बनाउन १ अर्ब १४ करोडको योजना

जनकपुरधाम : प्रदेश २ को राजधानी जनकपुरलाई सुन्दर बनाउन तथा पोखरी सम्बद्र्धन गर्न भन्दै १ अर्ब १४ करोडको आयोजना ल्याइएकाे छ ।

खानेपानी मन्त्रालय अन्तरगत खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी तथा सरसफाइ आयोजना व्यवस्थापन कार्यालय र जनकपुरधाम उपमहानगरपालिका कार्यालयबीच ‘जनकपुरधाम सरसफाई तथा पोखरी सम्बद्र्धन आयोजना’ का लागि समझदारी भएको हो ।

बिहीबार जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा सम्झौता बारे विस्तृत जानकारी गराउँदै मेयर लालकिशोर साहले यस सम्झौताले जनकपुरको मुहार फेरिने दावी गरेका छन् ।

स्वीकृत ढल व्यवस्थापन नीति २०७५ अनुरुप आयोजना व्यवस्थापन कार्यालय काठमाडौं र जनकपुरधाम उपमहानगरपालिका कार्यालय बीच मंगलबार समझदारी भएको हो । समझदारी पत्रमा सहलगानी खानेपानी तथा सरसफाई आयोजना, व्यवस्थापन कार्यालयको तर्फबाट आयोजना प्रमुख विद्यानाथ भट्टराई र जनकपुरधाम उपमहानगरपालिकाको तर्फबाट मेयर लालकिशोर साहले हस्ताक्षर गरेका हुन् ।

आयोजनाको सुरुवात २०७५÷०७६ मा टेन्डर आह्वान गर्दै २०७७÷०७८ मा सम्पन्न गरिसक्ने बताइएको छ । कुल लागत इष्टिमेट रकम भ्याट बाहेक १ सय २ करोड ५० लाख ९० हजार ३७३ रहेको र यसमा भ्याट जोड्दा १ सय १४ करोड हुन आउने मेयर साहले जानकारी गराए ।

आयोजना अन्तरगत नगरक्षेत्र भित्रका ३१ वटा पोखरीहरुको सम्बद्र्धन गरिने, रंगभूमि मैदान सरसफाई तथा सम्बद्र्धन, ३० वटा सार्वजनिक शौचालय निर्माण र सरसफाइ सम्बन्धी अन्य कार्य गरिने बताइएको छ ।

पोखरीहरुमा सोलार लाईट जडान गरी झिलिमिली बनाउने, त्यहाँ वृक्षारोपण तथा मनोरम पार्क निर्माण लगायत कामहरु यस आयोजना मातहत गरिने छ । यस्तै जनकपुरका एतिहासिक धनुषसागर, गंगासागर र अंगराजसर पोखरीलाई विशेष सौन्दर्यीकरण गरिने छ । जस अन्तरगत म्युजिकल फाउन्डेशन निर्माण गरी लेजर लाईटबाट पोखरीमा जानकी लिला प्रर्दशन गरिने लगायत काम गरिने जनाइएको छ ।

आयोजनाले नगरपालिकाको १ देखि १६ सम्म र २५ नम्बर वाड लोहना गाउँलाई समावेश गरी सञ्चालन गरिने भएको छ । लोहना गाउँलाई नमुना बनाउन लागि ३ किलोमिटर अन्डरग्राउन्ड ड्रेनेज निर्माण र पिसिसी सडक ढलानका साथै तीनवटा पोखरीलाई छुट्टै सौन्दर्यीकरण गरिने बताइएको छ । यस आयोजनाको सफल कार्यान्यवन भयो भने जनकपुरवासीको जीवनस्तर उकासिने र यो सहर पर्यटकीय गन्तव्य बन्न सफल हुने विश्वास नगर प्रमुख साहको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.