मधेशवादी दललाई कम्युनिष्ट सरकारले जालोमा पारेर ठग्दै छ : निधि

मधेशवादी दललाई कम्युनिष्ट सरकारले जालोमा पारेर ठग्दै छ : निधि

जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सर्लाहीमा भएको गोली काण्डको घटनामा दोषीलाई उम्काउन संघीय र प्रदेश सरकार दुवै लागिपरेको आरोप लगाएका छन् ।

‘दोषीलाई उम्काउनु भनेको अपराधलाई प्रश्रय दिनुु हो,’ नेता निधिले भने । शनिबार जनकपुरधामको जिरोमाईलस्थित जनकपुर युथ क्लवको १३ औं साधारणसभामा बोल्दै नेता निधिले गोली काण्डका दोषीलाई कार्वाही गर्न सरकारसँग माग पनि गरेका छन् ।

पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका नेता निधिले मधेशवादी दललाई कम्युनिष्ट सरकारले आफ्नो जालोमा पारेर ठग्दै आएकोले यस सरकारबाट संविधान संशोधन कहिल्यै गराउन नसक्ने जिकिर गरे ।

मधेशवादी दलले मधेशको विकास गर्न सके पनि मधेशी जनताको एजेण्डालाई कहिल्यै पनि स्थापित गर्न नसक्ने उनको दावी थियो । संघीय प्रणालीमा संघीय सरकारका साथै प्रदेश सरकारलाई समेत जनतालाई न्याय दिलाउनु पर्नेमा पृष्ठपोषणमा लागेको उनको आरोप थियो ।

उनले संघीयतामा प्रदेश सरकारको आफ्नै संसद, प्रहरी, प्रशासन, अदालत, कर्मचारी हुनुपर्ने कांग्रेसको माग रहेको बताए । उनले भने, ‘कम्युनिष्टको सरकार संघीयता विरोधी छ र मधेशवादी दललाई कम्युनिष्ट सरकारले आफ्नो जालोमा पारेर ठग्दै आएको छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.