राजपाले असाेज ३ लार्इ कालो दिनको रूपमा मनाउने

राजपाले असाेज ३ लार्इ कालो दिनको रूपमा मनाउने

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान दिवसलाई ‘कालो दिनको’ रूपमा मनाउने तयारी थालेको छ । नेपालको संविधान २०७२ जारी भएको दिन (असोज ३) लाई संघीय सरकारले धुमधामका साथ संविधान दिवस मनाउने तयारी गरिरहँदा राजपाले भने कालो दिन भन्दै विरोध प्रदर्शनको तयारी थालेको हो ।

राजपाका केन्द्रीय अध्यक्ष मण्डलकोे बैठकले मधेसका जिल्लाहरूमा मात्र सीमित नभई अन्य प्रदेशमा पनि संविधान दिवसको दिन विरोधका कार्यक्रम गर्ने भन्दै तयारी थालेको छ । अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरद्वारा जिल्लाहरूमा परिपत्र जारी गरी असोज ३ गते विरोध प्रदर्शनका साथै साँझ सात बजेदेखि सवा सात बजेसम्म बत्ती निभाएर ‘ब्ल्याक आउट’ गर्ने जनाएको छ ।

साथै अध्यक्षमण्डलका सबै अध्यक्षलाई विरोध कार्यक्रमका लागि विभिन्न जिल्लाको जिम्मेवारी सुम्पिइएको राजपाका महासचिव केशव झाले बताए । कैलाली, कञ्चनपुर, बाँके, बर्दियामा राजेन्द्र महतो र अनिल झा, नवलपरासी, कपिलवस्तु र रूपन्देहीमा महेन्द्र राय यादव, बारामा महन्थ ठाकुर, सुनसरी मोरङमा राजकिशोर यादव र झापामा शरतसिंह भण्डारीले विरोधसभाको नेतृत्वको जिम्मेवारी पाएका हुन् ।

त्यसैगरी प्रदेश २ मा राजपाको तर्फबाट मन्त्रिमण्डलमा रहेका नेताहरूले विरोध कार्यक्रम गर्ने तयारी गरेका छन् । राजपाले जनताको भावनाअनुरूप संविधान संशोधन होस् भन्ने अभिप्रायले नै विरोधको कार्यक्रमलाई परिवर्तित गरी सत्ताबाट पनि दबाब सिर्जना गरिराखेको महासचिव झाले बताए । उनले भने, ‘संविधान संशोधनका लागि दुई तिहाई बहुमतको आवश्यक छ र त्यो वर्तमान सरकारसँग छ । यदि यो सरकारले पाँच वर्षको अवधिमा संविधान संशोधन गरेन भने त्यसपछि संशोधनको कुरा सजिलो हुने छैन् । त्यसैले हामीले संशोधनको आसमा सरकारलाई समर्थन गरिराखेका छौं ।

यदि सरकारले मधेसको माग सम्बोधन गरेन भने हामी पुनः सडक संघर्षमा आउन विवश हुनेछौं ।’ यता राजपाले संविधान दिवसलाई दिन कालो दिनका रूपमा मनाउने तयारी थाल्दा मधेस आन्दोलनकै अर्को प्रमुख घटक संघीय समाजवादी फोरमले भने आफ्नो रणनीति सार्वजनिक गरिसकेको छैन ।

तर फोरमका केही नेताले भने संविधान दिवसको दिन आफूहरू खुलेर संविधानको विरोधमा उत्रिने बताएका छन् । संघीय संसद्मा फोरमका प्रमुख सचेतक उमाशंकर अरगडियाले भने, ‘पार्टीले जेसुकै निर्णय लिए पनि म संविधान दिवसको कार्यक्रमलाई बहिष्कार गर्छु ।’ यस संविधानले मधेसी जनताको अधिकार कुण्ठित गरेको बताउँदै उनले संशोधन नभएसम्म संविधान दिवसलाई बहिष्कार गर्ने बताए ।

संविधानको खुलेरै विरोध गर्दै आएको अर्को घटक सीके राउत समूहले पनि असोज ३ गतेलाई कालो दिनको रूपमा लिँदै विरोधको कार्यक्रम गर्ने तयारी गरेको छ । उसले असोज ३ लाई ‘चलु जनकपुर, भरु जनकपुर’ कार्यक्रमको संज्ञा दिएको । राउतका समर्थकहरूले सामाजिक सञ्जालमार्फत प्रदेश २ को राजधानी जनकपुरलाई केन्द्रित गरी बृहत विरोधको कार्यक्रम गर्ने बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.