महाथिर मोहम्मदको कीर्तिमान: ९२ वर्षमा बने मलेसियाका प्रधानमन्त्री

महाथिर मोहम्मदको कीर्तिमान: ९२ वर्षमा बने मलेसियाका प्रधानमन्त्री

एजेन्सी: पूर्व मलेसियन प्रधानमन्त्री महाथिर मोहम्मदले देशमा भएको आम चुनावमा ऐतिहासिक जीत हासिल गरेका छन् । 

चुनाव आयोगका अनुसार महाथिरको विपक्षी गठबन्धनले चुनावमा ११५ सीटमा जित दर्ता गराएको हो । यो भनेको सरकार बनाउन आवश्यक ११२ सीट भन्दा पनि धेरै हो । 

९२ वर्षीय महाथिरले बारिसन नेशनल (बीएन) गठबन्धनलार्इ चुनावमा नमिठो पराजय चखाएका छन् । यो पार्टी पछिल्लो ६० वर्षदेखि सत्तामा थियो । 

जीतपछि पत्रकारसँग कुरा गर्दै महाथिरले भने, 'हामीले कूनै पनि किसिमको बदला लिनु छैन । हामी त कानुनको शासन लगाउन चाहन्छौँ ।'

उनले शपथ ग्रहण समारोह आउने बिहीबार आयोजित गरिने विश्वास व्यक्त गरेका छन् । यस शपथ ग्रहणका साथै महाथिर विश्वकै सबैभन्दा वृद्ध निर्वाचित नेता पनि बन्नेछन् । शपथ ग्रहण समारोहका क्रममा बिहीबार र शुक्रवार देशमा सार्वजनिक विदाको घोषणा गरिएको छ। 

परिणाम घोषणा हुना साथै पार्टीका समर्थक सडकमा उत्रेर खुशीयाली मनाइरहेका छन् । बीएन र यसको प्रमुख पार्टी, संयुक्त मलेसिया राष्ट्रिय संगठन (युएमएनओ) १९५७ मा ब्रिटेनबाट स्वतन्त्रता मिलेदेखि नै सत्तामा थियो । 

तर केही वर्षयता उसको लोकप्रियतामा भारी गिरावट देखिएको थियो । त्यही कारण यो पटकको आम चुनावमा उसलार्इ  केबल ७९ सीट मात्रै मिलेको छ। 

२०१३ मा भएको चुनावमा विपक्षले लोकप्रियता बढाउँदै धेरै भोट तानेको थियो । तर यो परिणाम सरकार बनाउन पर्याप्त थिए । 

यस पटक महाथिरले वर्तामान प्रधानमन्त्री नजीब रजाकविरूद्ध खुलेर अभियान चलाएका थिए र त्यसको नतिजा पनि देखिँदै पार्टीले ठुलो जित दर्ता गरेको छ। 

महाथिर स्वयम् पनि एक समयमा बीएनका एक अहम नेता थिए । र उनी नजीबका राजनीतिक गुरु हुन् । तर पछि उनले पार्टीबाट अलग हुने निर्णय लिए । उनले त्यो बेला भनेका थिए 'जो पार्टी भ्रष्टाचारको समर्थन गर्छ, उसको साथमा रहनु भनेको अपमानजनक हो ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.