पाहुना प्रधानमन्त्रीलाई जुत्तामा खानेकुरा दिएपछि तनाव !

पाहुना प्रधानमन्त्रीलाई जुत्तामा खानेकुरा दिएपछि तनाव !

जेरुसेलम: जापानका प्रधानमन्त्री शिन्जो आबे हालै मात्र मध्यपूर्वको भ्रणमका क्रममा इजरायल पुगे । यस क्रममा २ मे मा उनलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले उनलाई आफ्नो घरमा खानाका लागि निम्ता दिए । 

खानापछि जब मीठाईको कुरा आयो तब यो प्रक्रिया धेरै तनावयुक्त बन्न पुग्यो । समाचार अनुसार नेतन्याहूका सेफ सेगेव मोशेले धातुको जुत्तामा चक्लेट राखिदिए । 

यसबाट नेतन्याहू र अन्य सबैजना पनि चकित भए । जापानमा जुत्तालाई सबैले घृणित बस्तु मान्छन् । यहाँसम्म कि आफ्नो घर या कार्यालय भित्र पनि कहिले पनि जुत्ता लगाएर जाँदैनन् । यस घटनापछि विश्वभरबाट नेतन्याहूको आलोचना भइरहेको छ । 

यो ठट्टा हामीलाई मन परेन: जापानी राजदूत

'जापानी प्रधानमन्‍त्रीलाई जुत्तामा मिठाई दिने निर्णय बेवकूफीयुक्त असंवेदनशील काम थियो', एक इजरायली राजनीतिज्ञले भने, 'जापानी संस्कृतिमा जुत्ता भन्दा फोहोरी बस्तु अरु मानिँदैन । यस्तोमा जुत्तामा खानेकुरा दिनु भनेको अपमानित गरे जस्तै थियो ।' 

जापानी कुटनीतिज्ञले पनि भनेका छन्, 'कुनै पनि संस्कृतिमा जुत्तालाई टेबलमा राखिँदैन । सेफ मोशेले के सोचेर यस्तो गरे ? यदि यो मजाकका लागि थियो भने हामीलाई यो ठट्टा विल्कुलै मन परेन । हामी हाम‍्रा प्रधानमन्त्रीलाई गरेको व्यवहारले रिसाएका छौँ ।'

विश्वमा चलेका अनौठा मान्यता 

चीन- खाना खाने समय काँटालाई दाहिने हातले नै समाउनुपर्छ । देब्रे हातले समाउन अशिष्ट मानिन्छ । 

रूस- टेबलमा कुहिनो राख्नु र अर्काको थालमा हेर्नु पनि अशिष्टता मानिन्छ । 

फ्रान्स- मदिरामा बरफ हाल्नु नराम्रो, जबकि थालमा खाना छोड्नु विनम्रता मानिन्छ । 

तान्जानिया- खानाका लागि बोलाउँदा समयमा पुग्नु अशिष्टता मानिन्छ । भुइँमा बसेर खाँदा पैताला देखाउनु पनि अपमानजनक हो । 

कजाकस्तान- आधा कप चिया दिन्छन् । त्यहाँ पूरा कप चिया दिनु भनेको पाहुनालाई बिदा गर्नु हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.