नेपालमै: जब आमाछोराको सहवासको भिडियो खिचियो

नेपालमै: जब आमाछोराको सहवासको भिडियो खिचियो

गोरखा: गत बिहीबार बेलुकी आठ बजे भीमसेन थापा गाउँपालिका–६ अश्राङ, छापगाउँकी नौलीमाया (नाम परिवर्तित) लाई पति गमबहादुर (नाम परिवर्तित) ले एक्कासी निहुँ भिकेर हातपात गर्न थाले । केहीबेर घरझगडा भयो । त्यसपछि गमबहादुर गोठतिर गएर गाईबाख्रा लिएर वनतर्फ धपाइदिए ।

‘नौलीमाया बस्तुभाउ सम्हाल्नतिर गइन् । फर्केर आउँदा त गमबहादुर आफ्नै आमासँग यौनसम्पर्क गरिरहेका रहेछन् । नौलीमाया मलाई बोलाउन आइन् । म पनि गएँ’, त्यो कालो क्षणको बयान गर्दै वडा सदस्य बिमला रिमाल भन्छिन्, ‘म पुग्दासम्म पनि आमाछोराबीच त्यस्तो काम भइरहेको रहेछ, अनि मैले केहीबेरको भिडियो पनि खिचेको छु ।’ गाउँमा नराम्रो घटना भएकाले भिडियो लिएर प्रहरी कार्यालयमा उजुरी दिन पुगेको उनले बताइन् ।

उजुरीका आधारमा ७० वर्षकी आमा र ३३ वर्षका छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखाका प्रहरी नायव निरीक्षक मोहन खड्काले जानकारी दिए । 

हाडनाता करणी अन्तर्गत मुद्दा चल्ने भएकाले नौलीमायाले प्रहरी कार्यालयमा नभई जिल्ला अदालतमा मद्दा दिने तयारी गरेकी छन् । 

‘आज प्रहरी कार्यालयमा सम्पर्क गर्न जाँदा सिधै अदालतमा मुद्दा दिनू भने’ वडा सदस्य बिमला भन्छिन्, ‘आज आमासँग नराम्रो सम्बन्ध गर्नेले भोलि अरुको छोरी बुहारीलाई बाँकी राख्दैन, त्यसैले गाउँमा विकृति फैलाउनेलाई कारबाही गर्नैपर्छ भन्ने सल्लाह गाउँमा भएको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.