चीनको कीर्तिमान: समुद्रमाथि बनायो ५५ किलोमिटर लामो पक्की पुल

चीनको कीर्तिमान: समुद्रमाथि बनायो ५५ किलोमिटर लामो पक्की पुल

पुल बनाउन १४ हजार मजदुर र ३ सय धेरै जहाजको प्रयोग

बेइजिङ: चीनले समुद्रमाथि विश्वकै सबैभन्दा लामो पुल बनाउन सफल भएको छ । विश्वकै अहिलेसम्मको लामो यो पुलले हङकङ-झुहाई-मकाउलाई जोड्छ । यो पुल ५५ किलोमिटर (३४ माइल) लामो रहेको छ। 

यस पुलमा ६० वटा एफिल टावरको बजन बराबरको स्टिल प्रयोग गरिएको छ । यसलाई बनाउन चीनले २० बिलियन डलर (करिब २ लाख ०८ हजार करोड रुपैयाँ) खर्च गरेको छ । शनिवार यो पुलको झलक चीनले सार्वजनिक गरेको छ।  

चीनको सरकारी पत्रिका साउथ चाइना मर्निङ्ग पोस्टका अनुसार यस पुलमा धेरै गुणस्तरीय स्टील प्रयोग गरिएको छ । यस पुललाई बनाउने इन्जिनियरहरुका अनुसार यसको आयु कम्तिमा पनि १२० वर्षको हुनेछ । 

१४ हजार मजदुर 

यस पुललाई बनाउन इन्जिनियरहरुले सबैभन्दा पहिले यसको फेदमा ४ मानवनिर्मित द्वीप बनाएका थिए । यी द्वीपहरुमार्फत पुललाई समुद्र मुनिको जमिनमा जोडिएको छ । समुद्रको पिँधसम्म यस पुलको जग पुर्‍याइएपछि ठुला समुद्री लहर, समुद्री आँधी र तुफानमा पनि पुल नडगमगाई उभिइरहने छ । 

ङकङ-झुहाई-मकाउ पुल योजनाका सह-निर्देशक यू लीका अनुसार पुलको निर्माणमा एक समय करिब १४ हजार मजदुरले काम गरेका थिए । यसका अलावा सामान ओसार्न मात्रै हर समय ३ सय जहाज जुटेका थिए । 

समुद्रमुनिबाट पुल 

पुललाई हङकङ-झुहाई-मकाउको ट्राफिक बिना कुनै अवरोध चल्ने गरी बनाइएको छ । यस ६ लेनको पुलमा ४ सुरुङ पनि बनाइएको छ । 

समाचार अनुसार पुलको निर्माणका क्रममा यसको एक भाग हङकङको व्यस्त एयरपोर्ट रहेको मार्गसँग जोडिएको थियो । यसलाई ध्यान दिँदै इन्जिनियरहरुले पुलको करिब ६.७ किलोमिटर लामो भागलाई सुरुङमार्फत समुद्रबाट ३० देखि ४० मिटर तलबाट जाने गरी बनाइएको छ ।

हरेक दिन ४० हजार सवारी 

समाचार अनुसार यस पुल सञ्चालनमा आएपछि झुहाईबाट हङकङबीच बीचको यात्राको समय तीन घन्टाबाट सीधै ३० मिनेटमा झरेको छ । हरेक दिन करिब ४० हजार सवारी यहाँबाट ओहोरदोहर गर्ने अनुमान गरिएको छ । 

मकाउ र हङकङ चीनका दुई अलग अलग स्वायत्त शासित क्षेत्र हुन् ।  यसैले यी दुई सहरबीच सडक या जलमार्गबाट यात्रा गर्दा कयौँ कडा नियमको पालना गर्नुपर्छ । 

पुलबाट अहिले केबल बस र कारलाई मात्रै गुड्न दिइनेछ । मोटरसाइकलवाला र र पैदलयात्री यहाँबाट जान पाउने छैनन् । एक अनुमान अनुसार यस पुलबाट हरेक दिन ४० हजार गाडी गुड्नेछन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.