इच्छा मृत्युवरण गर्दै १०४ वर्षीय वैज्ञानिक

इच्छा मृत्युवरण गर्दै १०४ वर्षीय वैज्ञानिक

अस्ट्रेलियाका एक वैज्ञानिक 'इच्छा मृत्यु' वरण गर्दैछन्। इकोलोजीका प्रख्यात वैज्ञानिक डेभिड गुडालले इच्छा मृत्यु गर्न लागेका हुन्। १०४  वर्षीय डेभिड गुडालले कुनै रोग लागेर इच्छा मृत्यु गर्न लागेका भने होइनन्। पाको उमेरका कारण दैनिक जीवनमा अप्ठ्यारो हुन थालेपछि उनले संसारबाट सम्मानजनक तरिकारले बिदा हुन खोजेका हुन्।

वैज्ञानिक गुडालले १०४ औँ आफ्नो जन्मदिनको अवसरमा निकै भावुक कुरा लेखेका थिए। 'मैले यो उमेरसम्म पुग्दा धेरै दुख: भोगेँ, त्यसैले खुसी छैन, म मर्न चाहन्छु।यो दु:खको कुरा होइन। दु:ख त्यतिबेला हुनेछ, जतिबेला मलाई कसैले इच्छा मृत्युबाट रोक्ने प्रयास गर्नेछन्', उनले थपेका छन्, 'मलाई विश्वास छ कि मजस्तै वृद्धवृद्धाहरुले आत्महत्याको अधिकार पाउनुपर्छ।'

लामो समयदेखि चलेको विवादपछि अस्ट्रेलियाको विक्टोरियामा इच्छा मृत्युलाई कानुनले मान्यता दिएको छ । तर, यो नियम २०१९ को जुनबाट मात्रै लागू हुनेछ।

कानुनमा इच्छा मृत्युवरण गर्ने व्यक्ति गम्भीर रोगबाट प्रभावित हुनुपर्ने उल्लेख छ। त्यसैले डेभिडको सवालमा यो नियम लागू हुने छैन। उनी हालसम्म कुनै गम्भीर रोगबाट ग्रसित छैनन्। त्यसैले उनी अस्ट्रेलिया बाहिर जाँदैछन्।

बीबीसीका अनुसार लण्डनमा जन्मेका गुडाल केही हप्ताअघि पश्चिमी अष्ट्रेलियामा फ्ल्याट लिएर बस्न थालेका हुन् । सन् १९७९ मा जागिर छोडेका गुडाल कामको सिलसिलामा फिल्डमा गइरहन्थे। उनले यसै वर्ष 'इकोलोजी अफ द वर्ल्ड' नामक पुस्तक पनि सम्पादन गरेका थिए।

प्राय:जसो देशमा आत्महत्यालाई गैरकानुनी मानिए पनि डेभिड भने स्वैच्छिक तरिकाले जीवन अन्त्य गर्न स्विजरल्याण्डको एक क्लिनिकमा जाँदैछन्।

उनले बासेलको एक एजेन्सीसँग सम्पर्क पनि गरिसकेका छन्। जुन एजेन्सीले इच्छा मृत्यु गर्नेलाई मद्दत गर्दै आएको छ। स्विजरल्याण्डमा १९४२ मा 'असिस्टेड डेथ' इच्छा मृत्युको मान्यता दिएको हो। 

आफ्नो अन्तिम यात्रामा निस्कन लागेका गुडालका साथमा उनकी साथी क्यारोल अोनिल हुनेछिन् । जुन एडभोकेसी ग्रुप इन्टरनेसनलकी प्रतिनिधि हुन्। इच्छा मृत्यु लिनुअघि गुडालले फ्रान्समा आफ्नो परिवारका सदस्यलाई भेट्ने बताएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.