अधिकांश पसल मापदण्ड विपरीत

अधिकांश पसल मापदण्ड विपरीत

नुवाकोट : नुवाकोटको विदुर नगरपालिकामा वजार अनुगमन गरिएको छ। अनुगमनका क्रममा अनुमति नलिई पसल सन्चालन गरिएको पाइनुका साथै अखाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको छ। 

विदुर नपा कार्यालय र सरोकारवाला निकायले संयुक्तरूपमा बजार अनुगमन गरेको हो। मुख्य बजारको सडकमार्गमा सञ्चालित विभिन्न २२ वटा पसल व्यवसाय अनुगमन गरिएको हो। १२ हजार रुपैयाँ बराबरको अखाद्य वस्तु नियन्त्रणमा लिई नष्टसमेत गरिएको छ। अनुगमनका क्रममा अधिकांश पसल मापदण्ड विपरित रहेको पाइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। 

अनुगमन टोलीले दुई दिन लगातार विदुर नपा १, र ५ मा रहेका होटेल, मिठाई, डेरी, किराना तथा फलफुल पसल, मासु पसल तथा उद्योगहरुको अनुगमन गरिएको विदुर नपा अनुगमन समितिका संयोजक गणेशकुमार नेपालले जानकारी दिए। उनका अनुसार अधिकांश पसलहरुलाई मापदण्ड अनुसार सन्चालन गर्न निर्देशन दिइएको छ। अधिकांश पसलहरू मापदण्डअनुसार सञ्चालन नभएको पाइएको र पहिलो पटकलाई सचेत गराइएको संयोजक नेपालले बताए 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.