कालीकोटमा बोलेरो जीप दुर्घटना

१२ जना घाइते, ६ जना गम्भीर

कालीकोटमा बोलेरो जीप दुर्घटना

कालीकोट : सुर्खेतबाट कालीकोटको घाटाचौर जाँदै गरेको (ग) ३ (च) ६५०६ नम्बरको बोलेर जीप दुर्घटना भएको छ । गएराती ९ बजे १२ जना यात्रु लिएर घाटाचौर जाने क्रममा बोलेरो पचालझरना गाउँपालिका–८ को सिजाबगरमा दुर्घटना भएको हो ।

सान्नीत्रिवेणी गाउँपालिका–३ मानेगडाबाट थप यात्रु बोकेर पचालझरना गाउँपालिकाको घाटाचौरतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् भने ६ जना गम्भीर घाइते भएका छन् । 

जीप दुर्घटनामा रास्कोट नगरपालिका-६ का २२ वर्षीय दिनेश फर्साल चालक र सहचालक गरी १२ जना घाइते भएका हुन् । सुर्खेतबाट यात्रु लिएर आएको जीप कर्णाली करिडोर अन्तर्गत पर्ने पचालझरना गाउँपालिकाको सिजाबगरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सुचना अधिकारी पोषण थापाले बताए ।

उनले भने, 'दुर्घटनामा परी घाइते हुनेमा पलाँता गाउँपालिका–२ निवासी १८ वर्षीय पारस कामी, ७० वर्षीय जयमल कामी, पलाँता-६ निवासी ७० वर्षीया एैमन बिक, ३४ वर्षीया लालभक्त बिक रहेका छन् । यसैगरी पलाँता गाउँपालिका-६ निवासी २५ वर्षीय पुष्कर बिक, ६१ वर्षीय लाल बिक, २५ वर्षीया लक्ष्मी बिक, २० वर्षीय जनराज बिक र सोही गाउँका २१ वर्षीय राजन बिक, ३० वर्षीय धनराम बिक रहेका छन् । 

रास्कोट-६ निवासी २२ वर्षीय चालक दिनेश फर्साल र अठार वर्षीया सहचालक रमेश फर्शाल पनि घाइते भएका छन् । जिल्ला अस्पताल कालीकोटले गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरेको छ । जीप सडकबाट करिव १०० मिटर तल भीरमा खसेको छ । दुर्घटना के कसरी भएको भन्ने बारेमा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । 

कालीकोटको पँचालझरना पलाँताको सिमाना घाटाचौरमा जाने क्रममा कर्णाली करिडोरको जारकोटमा दुर्घटना। तस्बिर : भरतराज बिष्ट। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.