त्रियुगाका ९ सडक अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण सुरु

त्रियुगाका ९ सडक अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण सुरु
सुन्नुहोस्

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकाका ९ वडा सडक अन्तर्राष्ट्रिय मापदण्डका आधारमा हुने भएको छ। विश्व बैंकको एक अर्ब बढी लगानी नगरपालिकाले वडा नम्बर १०,११,१२ र १३ का ९ वटा प्रमुख सडकलाई विदेशी मापदण्ड अनुसार नमुनाको रुपमा लैजाने गरी काम सुरु गरेको हो। 

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तय गरिएको उक्त सडकको लम्बाई १५ किलो मिटर, सबै डबल लेन, स्टेट लाइटसहित सम्पूर्ण सुविधा उपलब्ध हुने जनाइएको छ। निर्माणको तयारी थालिएको उक्त सडकको बिहीबार मेयर बसन्तकुमार बस्नेतले सदरमुकामस्थित वडानं ११ को मुख्यचौकमा शिलान्यास गरेका छन्। 

निर्माणाधिन सडक सबै बजार क्षेत्रकै हुन्। सडक शिलान्यास गर्दै मेयर बस्नेतले बजार क्षेत्रको कायापलट गर्ने गरी सडक निर्माणको काम सुरु गरिएको बताए। उनले भने, ‘निर्वाचनका बेला आफूले जनता समक्ष गरेको प्रतिबद्धता अनुसार विभिन्न निकायबाट श्रोत जुटाई काम सुरु गरेका छौं, यसले बजारको मुहार मात्र फेर्ने छैन्, विकासको पुर्वाधार हेर्न त्रियुगा जाउँ भन्ने सन्देश प्रवाह गर्ने छ। ’ उनले उक्त सडकलाई नगरले गौरवको आयोजनाका रुपमा लिएर काम अघि बढाएको बताए। 

उपमेयर महेश्वरी राईले नगरपालिकालाई आधुनिक सहरको रुपमा विकास गर्ने गरी योजना सञ्चालन गरिएको बताइन्। उनले विश्व बैंकले गर्ने भौतिक विकास अन्तर्गत शहरी विकास मन्त्रालय मार्फत शहरी सुशासन तथा पूर्वाधार सुधार कार्यक्रम (यूजीआईआईपी) सुरु गरिएको बताइन्।
उक्त सडक निर्माणका लागि बैशाखको पहिलो साता आशिष–आर्शिवाद–स्वामीनारायण जेभीले सम्झौता गरेको छ। विश्वबैंकको एक अर्ब बढी रुपैयाँमा ठेक्का खुलेपनि निर्माण व्यवसायीले ६६ करोड ११ लाख १४० (पिएस र भ्याट सहित) रुपैयाँमा ठेक्का सम्झौता गरेको हो।
सात प्रदेशका ३३ स्थानीय तहमा शहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना सञ्चालन गर्ने नेपाल सरकारको निर्णय बमोजिम उक्त आयोजनामा नेपाल सरकारलाई विश्व बैंकले एक अर्ब ५० करोड अमेरिकीडलर (नेपाली करिब दुईखर्ब रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराउने सम्झौता भए बमोजिम गाईघाटमा सडक निर्माणको काम शुरु गरिएको हो। 

मेयर बस्नेतका अनुसार गाईघाट टावन प्लानिङ्गका सडक, सिटिहल–सिमलटार, बाबारानी–डिएमगेट, पिजिचौक–फुलचोक–बोटेटोल–त्रियुगा करिडोर, शिवालय टोल हुँदै करमगाछी, प्रगतीटोल हुँदै साकेला टोल, सगरमाथा कृषिबजार पश्चिमबाट जनप्रेमी टोल हुँदै बिसनपुर–त्रियुगा करिडोर सडक निर्माण सुरु गरिएको बताए। 

नगरभित्रका दुई राजमार्ग मदन भण्डारी र सगरमाथालाई जोड्दै बजार क्षेत्रका महत्वपूर्ण सडक एक आपसमा लिंक गर्ने गरी सडकहरुको छनौट गरिएको इन्जिनियर निर्मल चौधरीले बताए। ती सबै सडक २०८२ असार ३१ गतेसम्ममा निर्माण सम्पन्न भइसक्नुपर्ने गरी सम्झौता गरिएको पनि उनले बताए। उनका अनुसार ४ वटा वडाका ९ सडकलाई दुई प्याकेजान टेन्डर आह्वान गरिएको थियो। पहिलो प्याकेजमा करिव १० किलोमिटर सडक र दोस्रो प्याकेजमा करिव ४ दशमलव ५ किलोमिटर सडक निर्माण गर्ने गरि टेन्डर आह्वान गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.