मेचीनगरबाट करिब १३ लाखको लत्ताकपडा र चाइनिज लाइटर बरामद

मेचीनगरबाट करिब १३ लाखको लत्ताकपडा र चाइनिज लाइटर बरामद
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा : झापाको पूर्वी नाका मेचीनगरबाट ठूलो मात्रामा लत्ताकपडा र चाइनिज लाइटर बरामद गरिएको छ । भारतबाट भन्सार छलेर नेपाल भित्राइएको अन्दाजी १० लाख रुपैयाँ बराबरको लत्ताकपडा बिहीबार बिहान ६ बजे प्रहरी चौकी तिरिङ र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तिरिङबाट खटिएको संयुक्त टोलीले बरामद गरेको हो ।

 मेचीनगर नगरपालिका–१ स्थित भालुखोपबाट भन्सार छलेर भित्राइएको १० वटा बोराभित्र १ हजार ७५८ पिस पर्दा कपडा र मोजा ३७८ पिस रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । 

बरामद गरिएको कपडा मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको जनाइएको छ ।  त्यस्तै बुधबार साँझ ६ बजेको समयमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले मेचीनगर–७ धनकुटे बस्तीबाट २९ काटुन चाइनिज लाइटर बरामद गरेको छ । 

नेपालबाट भारत लैजानका लागि परालको कुन्युमा लुकाइछिपाई राखेको अन्दाजी २ लाख ९० हजार रुपैयाँ बराबरको लाइटर बरामद गरिएको प्रहरी कार्यालय झापाले जनाएको छ । पछिल्लो समय नेपालबाट अवैध रुपमा भारततर्फ चाइनिज लाइटरको तस्करी बढेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.