हावाहुरीले विद्यालयको छानो उडाउँदा पठनपाठन प्रभावित

हावाहुरीले विद्यालयको छानो उडाउँदा पठनपाठन प्रभावित
हावाहुरीले जस्तापाताको छानो उडाएपछि क्षतिग्रस्त कक्षाकोठा । तस्बिर :अन्नपूर्ण
सुन्नुहोस्

दैलेख : मंगलबार राति असिनापानीसँगै आएको हावाहुरीले यहाँको एक विद्यालय भवनको छानो उडाएको छ । जिल्लाको डुङ्गेश्वर गाउँपालिका–२ स्थित जनकल्याण मावी सेर्माकोटको तीन कोठे भवनको छानो उडाएको हो । विद्यालयका प्रधानाध्यापक खगेन्द्रबहादुर शाहीका अनुसार तीन कोठे भवनको जस्ता पाताले छाएको छानो उडाएको हो । भवनको छानो हावाहुरीले उडाउँदा पठनपाठन प्रभावित बनेको प्रधानाध्यापक शाहीको भनाइ छ । 

‘हावाहुरीका कारण क्षतिग्रस्त भवनमा कक्षा ४ र ५ को पठनपाठन हुँदै आएको थियो, एउटा कोठामा दिवा खाजा कार्यक्रम अन्र्तगत प्रयोगमा ल्याइएको थियो,’प्रधानाध्यापक शाहीले भने, ‘हावाहुरीले छानो उडाउँदा पठनपाठन र दिवा खाजा कार्यक्रम प्रभावित बनेको छ ।’ 

विद्यार्थीलाई बस्नको लागि कोठाको अभाव हुन पुगेको प्रधानाध्यापक शाहीले बताए । जस्तापाताले छाएको छाना हावाहुरीले उडाउँदा कोठाभित्र राखिएका बेन्च,डेक्सलगायत अन्य शैक्षिक सामग्रीहरूमा क्षति पुगेको छ ।  विस २०१८ मा स्थापना भएको उक्त विद्यालयका सबैजसो भवनहरू जस्तापाताको छानो भएका पुराना मात्रै छन् । 

‘विद्यालयमा रहेका अन्य सातवटा भवनहरू २५ देखि ३० वर्ष पुराना छन्,ती भवन जस्तापाताले छाएका छन्,पुराना र जस्तापाताले छाएको भवनमा पठनपाठन नै प्रभावित हुने गरेको छ,’प्रधानाध्यापक शाहीले भने ।  ‘जस्तापाताको छानोमा पानी पर्दा गड्याङगुडुङ आवाजले पढाइ प्रभावित हुन्छ, हावाहुरी चल्दा छानो नै उडाउने हो की भन्ने डरले पिरोल्छ,’प्रधानाध्यापक शाहीले भने, ‘विद्यालयका पुराना र जस्तापाताले छाएका भवनहरु बालबालिकाहरूका लागि निकै असुरक्षित छ ।’ 

उक्त विद्यालयमा ६ कोठे र ४ कोठे गरि दुई वटा मात्रै पक्की भवन छन् । ६ कोठे भवनको तीन वटा कोठा कार्यालय सञ्चालनका लागि प्रयोगमा छ । चार कोठे पक्की भवन पनि जीर्ण बन्दै गइरहेको छ । विद्यालयका वर्षौ पुराना र जस्तापाताले छाएका भवनहरू विस्थापित गरि पक्की भवन निर्माणमा कुनै पनि निकायले चासो भने दिएका छैनन् ।

उक्त विद्यालयमा हाल बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म पढाइ हुने गरेको छ । हाल झण्डै ६ सय विद्यार्थीहरू विद्यालयमा अध्ययनरत छन् । भौतिक पूर्वाधारमा कमजोर रहेपनि यो विद्यालय शैक्षिक गुणस्तरका हिसावले भने जिल्लाकै उत्कृष्ठ मध्येको एक मानिन्छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.