सुनकोसी–मरिण डाइभर्सन सुरुङ : ओलीले शिलान्यास गरे, प्रचण्डले आज ‘ब्रेक थ्रु’ गर्दै

सुनकोसी–मरिण डाइभर्सन सुरुङ : ओलीले शिलान्यास गरे, प्रचण्डले आज ‘ब्रेक थ्रु’ गर्दै
तस्बिर : राजन गाउँले
सुन्नुहोस्

आयोजनाको २०७७ साल फागुन २० गते कमलामाइ नगरपालिका-२ को कुसुमटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक भव्य समारोहकाबीच शिलान्यास गरेका थिए।

सिन्धुली : राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सन सुरुङ मार्गको आज ‘ब्रेक थ्रु’ गरिँदै छ। मध्य तराईका पाँच जिल्लामा सिँचाई र विद्युत उत्पादन गर्ने लक्ष्यका साथ निर्माण थालिएको १३ दशमलव ३ किलोमिटर लामो सुरुङको ९९ दशमलव ९९ प्रतिशत काम सम्पन्न भएपछि आज ब्रेक थ्रु गर्न लागिएको हो।

१३ दशमलव ३ किलोमिटर लामो सुरुङको बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम तय भएको सुनकोसी–मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले अन्नपूर्णलाई जानकारी दिए। सुनकोसी गाउँपालिका- ७ कानढुंग्रीस्थित सुनकोसी नदी किनारमा प्रधानमन्त्री प्रचण्डले सुरुङ ब्रेक थ्रु गर्न लागेका हुन्। 

null

आयोजनाबाट तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा र ३१ दशमलव ७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेर निर्माण थालिएको थियो। आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका २ कुसुमटारबाट १९ महिना अघि टीबीएम प्रविधिको मेसिनको प्रयोग गरेर सुरुङ निर्माण थालिएको थियो।

आयोजनाको २०७७ साल फागुन २० गते कमलामाइ नगरपालिका-२ को कुसुमटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक भव्य समारोहकाबीच शिलान्यास गरेका थिए। राष्ट्रिय गौरवको बहुउद्देशीय आयोजना सुनकोसी–मरिण डाइभर्सन अन्तर्गत सुरुङ निर्माणको काम कमलामाई नगरपालिका -२ को कुसुमटारबाट ०७९ असोज २८ देखि सुरु भएको थियो।

सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले पाएको थियो। सुनकोशी मरिणमा सुरुङ खन्न मात्र कोभेकले १० अर्ब ५ करोड ६८ लाखमा ठेक्का सकारेको थियो। कोभेकले यसअघि भेरी बबई डाइभर्सनको समेत टिविएम मेसिन प्रयोग गरेर सुरुङ निर्माण सम्पन्न गरेको थियो।

यहाँको १३ दशमलव तीन किलोमिटर सुरुङ खन्न २२ महिनाको लक्ष्य लिइएकोमा ३ महिना २ दिन अगावै ब्रेक थ्रु गर्न लागिएको आयोजनाका प्रमुख बरालको भनाई छ। एकै दिनमा ७२ मिटरसम्म खनिएको सुरुङभित्र सुक्खा पहिरो र लेदो सहित पाखै खस्दा यस अघि ६ पटकसम्म अवरोध भएको थियो। 

आयोजनामा उच्च प्रविधिबाट ५/५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग गरिएको छ। आयोजना अन्तरगत कानढुंग्रीस्थित सुनकोसी नदीमा ३० मिटर उचाइ र १ सय ५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्यूमेस पानी कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ। त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१ दशमलव ७ मेगावाट विद्युत उत्पादन गरिनेछ।

सुनकोसी नदीमा बाँध बाँध्ने ठेक्का पटेल–रमण जेभीले लिएको पाएको छ। पटेल भारतीय कम्पनी भए पनि काम नेपाली कम्पनी रमण कन्स्ट्रक्सनले गरिरहेको छ।

सुनकोशी र तामाकोशीको संगमस्थल बाट सय मिटर तल सुनकोसी गाउँपालिका ७ कानढुंग्रीमा सुनकोशी नदीमा बाँध निर्माणको काम सुरु भएको छ। बाँध निर्माण थालिएको १६ महिनाअघि हो। ०८४ असोजमा सम्पन्न गर्ने गरी सुनकोसीमा बाँध निर्माणलगायत काम गर्न पटेल–रमण जेभीले १२ अर्व रुपैयाँमा ठेक्का लिएको हो। 

nullआयोजनाले सुरुङबाट पानी मरिण खोलामा खसालेपछि कुसुमटारदेखि बाग्मतीसम्मको ४४ किलोमिटर क्षेत्रलाई ७ वटा प्याकेज बनाएर नदी नियन्त्रणको काम सुरु गरिएको छ। तराई मधेशको लाफलाइन तथा इकोनोमिक गेम चेन्जरको रुपमा लिइएको आयोजनाको इलेक्ट्रो मेकानिकलको खरिद प्रक्रिया सुरु भएको छ भने ट्रान्समिसन लाइनको आईई अन्तिम चरणमा रहेको प्रमुख बरालले बताए। 

४९ अर्ब ४२ करोड कुल लागत रहेको आयोजना निर्माणमा हालसम्म आयोजना निर्माणमा ११ अर्ब ९१ करोड १९ लाख खर्च भएको छ। बुधबार हुने आयोजनाको ब्रेक थ्रुका लागि प्रधानमन्त्री प्रचण्ड, मन्त्रीहरु, बागमती प्रदेशका मुख्यमन्त्री, मधेश प्रदेशका मुख्यमन्त्री, प्रतिनिधि सभाका सदस्यहरु, मन्त्रालयका सचिवहरु सहभागी हुने कार्यक्रम रहेको छ।  
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.