दैलेख बजारमा आगलागी, दुई पसल जलेर नष्ट

दैलेख बजारमा आगलागी, दुई पसल जलेर नष्ट
दैलेख सदरमुकाममा भएको आगलागी। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

दैलेख : दैलेखको सदरमुकाम दैलेख बजारमा आगलागी भएको छ। मंगलबार दिउँसो लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। 

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुईवटा पसल जलेर नष्ट भएका छन्। विद्युत् सर्ट भई नारायण नगरपालिका–१ स्थित साजन अटोपाट्सबाट आगो सल्किएको हो। आगो लागेर मोटरसाइकल ग्यारेज र उक्त ग्यारेजसँगै जोडिएको सम्झना फोटो स्टुडियो जलेर नष्ट भएको छ। 

अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा आगो निभाउने काम भइरहेको दैलेख प्रहरी प्रमुख डीएसपी सुनिल दाहालले बताए। आगो लागेको आधा घण्टापछि मात्र दमकल आगो ठाउँमा पुगेको थियो। आगो नियन्त्रणमा आई नसकेकाले क्षतिको विवरण आउन नसकेको प्रहरीले जनाएको छ।

nullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.