अनाथ बालबालिका संकटमा

अनाथ बालबालिका संकटमा
सुन्नुहोस्

कालीकोट : जिल्लाको खाँडाचक्र नगरपालिका मान्ममा रहेको न्यानो काख सेवा समाजमा बस्दै आएका बालबालिका संकटमा परेका छन्। आमा बुवा गुमाएका, संरक्षकविहीन तथा साहाराविहीन अनाथ १२ जना बालबालिका संकटमा परेका हुन्। 

समाजकी कल्पना मल्लले २०७८ सालमा अनाथ बालबालिकाको पढाइ लेखाइ, रेखदेख र पालन पोषणका लागि स्थापना गरिएको भए पनि हाल मौजाद पैसा सकिएपछि बालबालिका भोकै बस्ने अवस्थामा पुगेको बताइन्।

उनले रुँदै भनिन्, ‘भएको सबै सम्पत्ति सकियो अब के खुवाउने कसरी पाल्ने सरकारी तथा गैरसरकारी निकायले सहयोग गर्छौं भनेर आश्वासन मात्र देखाए। अहिले आएर कसैले पनि सहयोग गरेनन्। सबै बालबालिकालाई बोर्डिङ स्कुलमा पढाउँछु। स्कुलको फि, खाना, भवनको भाडा गरेर मासिक एक लाख ५० हजार आउँछ। अहिलेसम्म आफ्नो घरबाटै जुटाएर चलाएँ। अब यी बालबालिका कसरी बचाउन, दुःखी गरिब, अनाथ बालबालिकाको सेवामा लाग्दा घरबाट पनि तिरस्कार हुनु परेको छ। कालीकोट जिल्लाका प्राय बालबालिकाहरू उच्च शिक्षा पढाइ दिन्छु भन्दै दलालहरूले काठमाडौं लिएर बालगृहमा राखेको अवस्था हेर्दा यहाँका अनाथ बालबालिकाहरूप्रति दया जागेर आएको हो।’

यसैगरी प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले दलालको फन्दामा परी कालीकोटका सयौं बालबालिकाहरू बेचिएको बताए। उनले भने, ‘नेपाल सरकारबाट मान्यता प्राप्त (क) वर्गको बालगृहमा निःशुल्क पढाइदिन्छु भनेर लिने तर बालश्रम, शोषण लगायतका गलत काममा लगाएको भेटेपछि धेरै बालबालिको उद्धार गरिएको छ। त्यो हुनुभन्दा जिल्लामै यसरी अनाथ बालबालिकाको व्यवस्थापन हुनु राम्रो कुरा हो।’  

न्यानो काख सेवा समाजकी सञ्चालिका मल्लले युकेको भिसा त्यागेर यस्तो सेवामा लागेको बताइन्। उनले भनिन्, ‘युके जान छोडेर दुनियाँका बालबच्चा पाल्छस् भनेर घरबाट हेपिनु परेको छ। जति दुःख र कष्ट आए पनि अनाथ बालबालिकाको सेवाबाट विचलित हुने छैन। न्यानो काख सेवा समाजमा कुनै देशी तथा विदेशी सहयोग भने अहिलेसम्म आएको छैन। मनकारीहरूको सहयोगले अनाथालय सञ्चालन गरेकी हुँ।’

न्यानो काख सेवा समाजमा हाल खाँडाचक्र नगरपालिका, पलाँता गाउँपालिका, महावै गाउँपालिका, पँचालझरना गाउँपालिका लगायत अन्य पालिकाका गरी जम्मा १२ जना बालबालिका छन्। अनाथ बालबालिकाको पहिलेको भन्दा अहिलेको अवस्था धेरै राम्रो रहेको छ। जिल्लामा कसैले जन्मदिन मनाउँदा त्यही गएर मनाउने गर्ने गरेका छन्। शुभकालिका गाउँपालिका-५ का नवीन शाहीले जन्मदिनका अवसरमा अनाथ बालबालिकाका लागि चामल, दाल, तेल, तरकारी, फलफूल दिएर जन्मदिन मनाएको बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.