इङ्ल्यान्डको ‘सी’ सँग नेपाल पराजित

इङ्ल्यान्डको ‘सी’ सँग नेपाल पराजित
सुन्नुहोस्

लन्डन :  नेपाल इङ्ल्यान्डको ‘सी’ टोलीसँग पराजित भएको छ। सोमबार इङ्ल्यान्डको अल्डरसट टाउन एफसीको ईबीबी रंगशालामा भएको खेलमा नेपाल २–० गोलले पराजित भएको हो। नेपाल खेलको सुरुवाती समयमै दुई गोलले पछि परेको थियो। 

आठौं मिनेटमा निक काबाम्बाले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए। त्यसपछि १३औं मिनेटमा क्यालाम स्टेडले इङ्ल्यान्डलाई २–० को अग्रता दिलाएका थिए। 

८ हजार क्षमताको रंगशाला दर्शकले भरिभराउ थियो। जसमध्ये झण्डै ९० प्रतिशत नेपाली दर्शकले खेल अवधिभर हुटिङ गर्दै खेलाडीलाई हौसला प्रदान गरेका थिए । 

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसहित लन्डनस्थित दूतावासका कर्मचारी र बेलायतको नेपाली समुदायका अभियन्ताहरुसमेत उपस्थित थिए। खेल हेर्न घण्टौं लामो यात्रा गरी स्कटल्यान्ड, वेल्स, मिडल्यान्डलगायतका स्थानबाट नेपालीहरु अल्डरसट जम्मा भएका थिए। खेलपछि प्रिजेन्टेसन समारोहमा अल्डरसट टाउन फुटबल क्लब अध्यक्ष साहिद अजिम, इंग्ल्यान्ड एफए पदाधिकारी, नेपाली. राजदूत ज्ञानचन्द्र आचार्य, समाजसेवी व्यवसायी रविन्द्रजंग लामिछानेलगातले खेलाडीलाई क्याप वितरण गरेका थिए । 

खेल शुरु हुनुपूर्व बेलायतस्थित सयपत्री कल्चरल समूहका कलाकारले मौलिक नेपाली नाच देखाएका थिए भने गायिका आनी छोइङ ड्रोल्माले नेपाली राष्ट्रिय गान प्रस्तुत गरेकी थिइन्।  

अल्डरसट टाउन फुटबल क्लबले एफए र नेपाली समुदायको सहयोगमा मैत्रीपूर्ण खेल आयोजना गरेको हो। नेपालले खेल नजितेपनि फुटबलको जननी भूमिमा आएर खेल्ने पहिलो अवसरलाई ऐतिहासिक उपलब्धि मानिएको छ । 

नेपालले यसअघि शनिबार ब्रिटिस आर्मीसँग मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो। फिफा विश्वकप र एएफसी एसिया कप छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेलको तयारीका लागि नेपाली टोली बेलायत पुगेको हो।

नेपालले जेठ २४ गते घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्ने तय भएपनि त्यो खेल नेपालमा नहुने सम्भावना बढेको छ। एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रंगशालाको अवस्थालाई लिएर प्रश्न उठाएपछि नेपालले घरेलु मैदानमा खेल्न नपाउने सम्भावना बढेको हो। एफसीले प्रारम्भिक चरणमा पिच, फ्लडलाइटका  विषयमा प्रश्न उठाएको अखिल नेपाल फुटबल संघले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.