गुल्मी अस्पतालको अत्याधुनिक भवन निर्माणमा ढिलाइ

गुल्मी अस्पतालको अत्याधुनिक भवन निर्माणमा ढिलाइ
सुन्नुहोस्

गुल्मी  : गुल्मी अस्पतालको भवन निर्माणको काममा ढिलाइ भएको छ।  अस्पतालको अत्याधुनिक भवन निर्माण कार्य थालिएको ३ वर्ष बितिसक्न लाग्दा समेत कामले गति लिन सकेको छैन। ठेकेदार कम्पनीले गरेको ढिलासुस्तीका कारण अस्पताल प्रशासन पुरानै भवनबाट नागरिकलाई सेवा प्रवाह गर्न बाध्य छ। 

पछिल्लो समय सेवाग्राहीको आवश्यकता अनुसार डायलासिस, थेरापी,अर्थो लगायतका केही स्वास्थ्य सेवा थपिएका छन्। तर अस्पतालमा बिरामीको चाप दैनिक बढ्दै जान थालेपछि यतिबेला भौतिक संरचनाको अभाव देखिएको छ। जिल्लाको सदरमुकाम तम्घासस्थित यस अस्पतालमा उपचारका लागि गुल्मी, अर्घाखाँची, प्युठान, बाग्लुङ लगायत आसपासका जिल्लाका नागरिक आउने गर्दछन्।

निर्माण कम्पनीले गरेको ढिलासुस्तीका कारण गुल्मी अस्पतालले पुरानै साँघुरो भवनबाट नागरिकलाई सेवा प्रवाह गर्दै आएको गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले जानकारी दिए।‘अस्पतालमा विशेषज्ञ डाक्टर सहितका केही स्वास्थ्य सेवा थपिएका छन् तर,निर्माण कम्पनीले भवन निर्माणको काममा ढिलाइ गरिदिँदा अस्पतालले नागरिकलाई सरल र सहज रुपमा सेवा दिन सकिरहेको छैन,’ उनले भने,‘गुल्मी अस्पताल २०७१ सालमा १५ बाट ५० शय्यामा स्तरवृद्धि भए पनि भौतिक संरचनाको अभावमा हालसम्म पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन।’

निर्माण कम्पनीले कम जनशक्ति प्रयोग गरेका कारण भवन निर्माणमा ढिलाइ भएको अस्पतालले जनाएको छ। यतिबेला गुल्मी अस्पतालको नयाँ भवन ५ तलाको निर्माण भइरहेको छ। वर्षौंदेखि ठूलो र सुविधा सम्पन्न अस्पतालबाट विशेषज्ञ सहितको सेवा लिने नागरिकको चाहाना भए पनि त्यो हालसम्म पूरा हुन सकेको छैन।  

स्वच्छन्द–बानियाँ जेभी हेटौंडा मकवानपुरले २०८० साल असार १७ गते काम सक्ने गरी २०७८ साल असार १८ गते सम्झौता गरेको थियो। उक्त निर्माण कम्पनीले २५ करोड ९५ लाख ६४ हजार २ सय ३ रुपैयाँमा भवन निर्माणको जिम्मा लिएको थियो। तर, काम सम्पन्न गर्ने सम्झौता समय सकिए पनि हालसम्म अस्पताल भवन निर्माणको काम सकिएको छैन। समयमै काम नसकिएपछि ठेकेदार कम्पनीले २०८० पुस १७ गतेसम्मका लागि म्याद थप गरेको थियो। 

तर, थपेको म्यादको समयमा पनि भवन निर्माणको कार्य सम्पन्न भएको छैन। भवनको हालसम्म ६७ प्रतिशत भौतिक प्रगति र ५५ प्रतिशत वित्तीय प्रगति भएको निर्माण कम्पनीले जनाएको छ। भवन निर्माणमा आवश्यक निर्माण सामग्री भए पनि पर्याप्त कामदार फिल्डमा नहुँदा भवनको काममा ढिलाइ भएको निर्माण कम्पनीका इन्जिनियर सागर दुलालले बताए।

पछिल्लो समय अस्पतालमा दैनिक ४० देखि ५० जना कामदार परिचालन गरेका निर्माणको कार्यलाई तीव्र गतिमा अगाडि बढाएर छिटो निर्माणको काम सम्पन्न गर्ने इन्जिनियर दुलालको भनाइ छ। अब बाँकी भवनको काम ६ महिनामै सकिने उनले बताए। भवन निर्माणका लागि पटक पटक ताकेता गर्दा पनि विभिन्न बहाना बनाएर काममा ढिलाइ गरेको पाइएको छ। 

समयमै भवन निर्माणको काम सम्पन्न नहुँदा एकातिर अस्पतालले सहज रुपमा सेवा प्रवाह गर्न सकेको छैन भने अर्कोतिर सेवाग्राही सेवाका लागि सास्ती खेप्न बाध्य छन्। हाल अस्पतालले बिरामीको चाप धेरै हुने गरेकाले बिहान ९ बजेबाटै ओपीडी सेवा दिँदै आएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.