कर्णालीमा हराए ढुवानीका साधन खच्चर

कर्णालीमा हराए ढुवानीका साधन खच्चर
सुन्नुहोस्

कालीकोट : कर्णालीका हिमाली तथा पहाडी जिल्लामा ढुवानीको साधन खच्चर विस्तारै हराउन थालेका छन्। हिमाली ट्रकको उपनाम पाएका समान ढुवानीको भरिलो साधनका रुपमा परिचित खच्चर सडक पुगेसँगै हराउन थालेका हुन्। 

अहिले कर्णालीका प्रायः सबै जिल्लामा पहिलेको जस्तो खच्चर छैनन्। कालीकोटमा पनि विगत एक दशकअघि खच्चरबाट सामान ढुवानी हुन्थ्यो। तर अहिले कालीकोटमा पनि खच्चर छैनन्। 

पलाँता ७ का करन बिष्टले २०७० सालमा १२ वटा खच्चर किनेर सामान ढुवानी गर्न थालेको बताए। उनले भने, ‘गाउँमा सडक पुगेको थिएन, सम्पूर्ण सामानहरू खच्चर मार्फत ढुवानी गर्थे, तर अहिले कसैले पनि खच्चरमा सामान ढुवानी गर्दैनन्। मैले किनेका सबै खच्चर केही वर्षसम्म काम पाए पनि अहिले खच्चर बेरोजगार भए, किन्न पनि कोही आउँदैनन्।’

कर्णाली करिडोरको हुल्म जितेबाट रास्कोट, पलाँता क्षेत्रमा सडक विस्तार नहुँदा बिष्टले किनेका १२ खच्चरले व्यापारीको समान मात्र होइन गाउँका विभिन्न निर्माण सामग्री समेत बोक्ने गरेका थिए। पछिल्लो समयमा सडक पुगेसँगै खच्चरले काम पाउन छोडेपछि बिष्टले ति खच्चर बिग्री गर्ने सोच गरेका छन्। २०७० सालतिरको कुरा हो। १२ खच्चरले ढुवानी गरेको ज्यालाले एक जना खच्चर चालक (हेरालो)लाई ज्याला दिएर मासिक एक लाखदेखि एक लाख ४० हजारसम्म आम्दानी हुने गरेको थियो। 

निर्माण व्यवसायी ऐनबहादुर शाहीले भने, ‘गाउँका सडकमा गाडी पुग्यो। सबै समान व्यापारी र निर्माणकर्ताले गाडी मार्फत ढुवानी गराउन थालेपछि हिमाली ट्रकका रुपमा परिचित खच्चरले बजार पाउन छाडेको छ। लामो समयदेखि म निर्माणको क्षेत्रमा काम गरिरहेको छु। बुवा बाजेले आफ्नो पालामा राजापुरबाट नुन, तेल पिठ्युँमा बोकेर ढुवानी गर्थे, हामीले खच्चरमा ढुवानी गर्‍यो, अहिले गाडीमा ढुवानी गर्छौ।’

यसैगरी रास्कोट-२ का तुलाराज योगी, बर्गराज सिम्खाडा, गज्जबहादुर बमले पनि खच्चर व्यवसाय गरिरहेका थिए। अहिले खच्चरको सट्टा कसैले ट्रक किनेर ढुवानीकै काम गरेका छन्। कसैले खुद्रा व्यापार र कसैले फर्निचर व्यवसाय गरिरहेका छन्। रास्कोट-१ का गज्जबहादुर बमले तीन वर्ष मलेसिया बसेको आम्दानीले खच्चर किनेर र खच्चरकै कमाइले सहरमा फर्निचर व्यवसाय सुरु गरेको बताए। 

उनले भने, गाउँमा सडक पुगेपछि खच्चर बेचेको हुँ। एक खच्चर बराबर ९० हजार मूल्यमा बाजुरा तिर बिक्री गरें। त्यही रुपैयाँले फर्निचर व्यवसाय सुरु गर्दा राम्रै आम्दानी भइरहेको छ।’ 

उनले सुरुमा खच्चरलाई हिमाली ट्रक भनेर भन्ने गरेको सुनाए। उनले भने, ‘आफूलाई कसैले खच्चर गोठालो भन्थे। कसैले हिमाली ट्रकको मालिक भन्थे। दिन सबैका आउने रहेछन्। अहिले सडक नपुगेको ठाउँमा खच्चरले राम्रो काम पाएका होलान्। आजभोलि यता तिर खच्चरको नाम भेटिँदैन।’
  
यस्तै पलाँता ८ का छत्र बमले २०६० सालतिर पलाँताका विभिन्न ठाउँमा सुर्खेतबाट खच्चरमार्फत समान ढुवानी गर्दै आएको अहिले जस्तै लाग्ने गरेको बताए। ‘विस्तारै सडक विस्तार भएपछि सुर्खेतदेखि ढुवानी गदै आएका खच्चरले जिते, लालीघाटबाट समान ढुवानी गरे, अहिले त यहाँ खच्चर देखिनै छोडे। यसरी क्रमशः विकासले पुरानोलाई विस्थापित गर्दै जाने रहेछ बमको अनुभव छ।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.