'पपुलिजम' स्वीकार्य नरहेको इलाम उपनिर्वाचनले सन्देश दियो : एमाले महासचिव पोखरेल

'पपुलिजम' स्वीकार्य नरहेको इलाम उपनिर्वाचनले सन्देश दियो : एमाले महासचिव पोखरेल
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजमका आधारमा विचारको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प खोज्ने प्रयास इलाममा असफल भएको बताएका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले पपुलिजम कि विचार भन्ने परीक्षण गर्नुपर्ने अवस्थामा इलाममा भएको उपनिर्वाचनमा पपुलिजम स्वीकार्य छैन भन्ने सन्देश जनताले दिएको बताए।

उनले कोशी प्रदेशको नामाकरणविरुद्ध एमालेलाई नियोजितरूपमा कमजोर पार्नका लागि आन्दोलन चलाइएको अवस्थामा जातिवाद स्वीकार्य छैन भन्ने सन्देश पनि उपनिर्वाचनले दिएको बताए। महासचिव पोखरेलले एमालेको नेतृत्वमा सरकार बन्दा नेपाल एउटा विश्वको नमूना राष्ट्रका रूपमा पुर्‍याउन सफल भए पनि षड्यन्त्रपूर्व विस्थापित गर्दा मुलुक अफ्ठ्यारो अवस्थामा पुगेको बताए।

मुलुकको अफ्ठ्यारो अवस्थामा लामो समय गयो भने सम्हालन नसक्ने अवस्थामा पुग्नसक्ने भएकाले एमालेको पहलमा नयाँ सत्ता समीकरण बनाइएको उनले बताए। उनले वर्तमान सत्ता समीकरणले देशलाई तत्काल नै चमत्कार दिने नभएर मुलुकको ओरालो यात्रालाइ रोकेर अघि बढाउनसक्ने मान्यताका साथ सरकारमा सहभागी भएको जिकिर गरे।

महासचिव पोखरेलले कतिपयले पार्टी एकताका नाममा फेरी टाउको जोड्ने कुरा गरेको भन्दै अहिले टाउको नभई कायकर्ताको मन जोड्न जरुरी रहेको धारणा राखे । उनले पुष्पलाललाई कांग्रेससंग मिलेर पञ्चायत ढाल्नुपर्दछ भनेबापत गद्दार भन्ने मोहनविक्रम सिंह अहिले समाजवाद कि पुँजीवाद भनेर कित्ताकाट गर्नुपर्ने बेला कांग्रेसकै पछाडी कुदिरहेको टिप्पणी गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.