इंग्ल्यान्डसँग खेल्न नेपाली राष्ट्रिय फुटबल टोली लन्डनमा

इंग्ल्यान्डसँग खेल्न नेपाली राष्ट्रिय फुटबल टोली लन्डनमा
सुन्नुहोस्

लन्डन : इंग्ल्यान्ड सी र नेपालबीच हुन लागेको पहिलो ऐतिहासिक फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली लन्डन उत्रिएको छ।

मे ६ तारिख सोमबार अल्डरसट टाउन फुटबल क्लब स्टेडियममा हुने मैत्रीपूर्ण खेलमा भाग लिन खेलाडी, प्राविधिक र एन्फा पदाधिकारीसमेत लन्डन आइपुगेका हुन्।

खेलाडी, प्रशिक्षक र व्यवस्थापकीय टीमसहित नेपालबाट जम्मा ३० जनाको टोली बेलायत आएको छ। लन्डन हिथ्रो विमानस्थलमा उत्रिएका नेपाली खेलाडीहरूलाई लन्डनस्थित नेपाली दूतावासका पदाधिकारी र स्थानीय नेपाली समुदायका अभियन्ताहरूले स्वागत गरेका छन्।

लन्डन दूतावासका सेकेन्ड सेक्रेटरी रामबाबु नेपाल, समाजसेवी व्यवसायी रविन्द्रजंग लामिछाने, एनआरएनए यूके पूर्व अध्यक्ष सुर्य गुरुङ, इंग्ल्यान्डसँगको खेलका लागि नेपाली समुदायका तर्फबाट संयोजक कमल कोने गुरुङ, टिकट संयोजक दिलरास गुरुङलगायतले विमानस्थल पुगेर खेलाडीलाई स्वागत गरेका थिए।

लन्डन उत्रिएपछि नेपाली टोलीका कप्तान किरणकुमार लिम्बूले इंग्ल्यान्डसंग खेल्न पाउनु ऐतिहासिक अवसर भएको उल्लेख गर्दै आफूहरूले यसको सदुपयोग गर्ने बताए।

उनले इंग्ल्यान्डबाट नयाँ अनुभव र केही सिक्ने आशा पनि व्यक्त गरे। टीमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेजीले नेपाली खेलाडी पूर्ण तयारीमा रहेको र यो स्तरको पहिलो अन्तराष्ट्रिय खेलले ठूलो आत्मविश्वास प्रदान गर्ने विश्वास व्यक्त गरे।

टीम म्यानेजर उत्तम राजभण्डारीले बेलायतमा नेपाली टिमले पहिलोपटक ऐतिहासिक खेलका लागि अवसर पाएको भन्दै आयोजकप्रति आभार व्यक्त गरे।

 नेपाली टोलीले सोमबार अपरान्ह अल्डरसट टाउन फुटबल क्लबको इबीबी स्टेडियममा इंग्ल्याण्ड सीसँग ऐतिहासिक खेल खेल्दैछ। उक्त खेल हेर्न बेलायतवासी ५ हजार बढी नेपाली उतार्ने तयारी भइरहेको छ।

त्यसअघि शुक्रबार ब्रिगेड अफ गोर्खाजको टीमसँग पनि नेपालले मैत्रीपूर्ण फुटबल खेल्नेछ। नेपाली टोली यही मे ७ तारिख नेपाल फर्किने कार्यक्रम छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.