सुनकोशी–मरिण डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’ वैशाखभित्रै

सुनकोशी–मरिण डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’ वैशाखभित्रै
फाइल तस्बिर।
सुन्नुहोस्

सिन्धुली : हिमाल–पहाड र तराईलाई समृद्धिका रूपमा जोड्ने बहुप्रतिष्ठित राष्ट्रिय गौरवको आयोजना ‘सुनकोशी–मरिण डाइभर्सनको सुरुङ मार्गको ‘ब्रेक थ्रु’ हुन अन्तिम चरणमा पुगेको छ। 

कमलामाई नगरपालिका–२ कुसुमटारबाट निर्माण थालिएको कुल १३.३ किलोमिटर लामो सुरुङ हो। यो १३ किलोमिटर सुरुङ निर्माण पूरा भइसकेको छ।

सुरुङ निर्माणमा भौगोलिक जटिलता उत्पन्न नभए आगामी वैशाख २६ गते ‘ब्रेक थ्रु’ गर्ने तयारीसमेत गरिएको डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले बताए।

‘सुरुङकोे काम अन्तिम चरणमा पुगेको छ। सुरुङको ९८ प्रतिशत प्रगति भइसकेको छ। बाँकी खन्न कुनै भौगोलिक जटिलता नआए यसै महिना सुरुङको ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको हो,’ बरालले भने।

अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरी निर्माण गरिएको सुरुङको लक्ष्यभन्दा ३ महिना अगावै ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको हो। चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले २०७७ चैतमा कुल १० अर्ब ५ करोड ६८ लाख रुपैयाँमा सुरुङ मार्ग निर्माणको ठेक्का सम्झौता गरेको थियो।

उक्त सुरुङमार्ग २०७९ असोज २८ गतेदेखि निर्माण सुरु गरिएको होे। करिब २२ महिनामा निर्माण सक्ने लक्ष्य राखिएको थियो। यसअघि टीबीएममाथि पहिरो खस्दा पटकपटक गरी झन्डै दुई महिना सुरुङ निर्माण अवरुद्धसमेत भएको थियो। राष्ट्रिय बहुउद्देश्यीय सुनकोशी मरिण डाइभर्सन आयोजनाबाट तराई–मधेसमा १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने र ३१.७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। सरकारले यस आयोजनालाई इकोनोमिक गेम चेन्जरका रूपमा लिएको छ। 

सुनकोशी गाउँपालिका– ७ स्थित कानढुंग्रीबाट सिन्धुली र रामेछापको सीमा हुँदै बग्ने सुनकोशी नदीमा ३० मिटर उचाइ र १ सय ५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका– २ कुसुमटारमा झारिनेछ। ६६ मिटर हेटेडबाट पानी झारेर ३१.७ मेघावाट विद्युत् उत्पादन गरिनुका साथै  तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुग्नेछ।  

आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार हुन नसकेको बरालको भनाइ छ। आयोजनाअन्तर्गत सुरुङ निर्माणको ९८ प्रतिशत काम सकिएको छ। नदी नियन्त्रणलगायतका अन्य काम ८५ प्रतिशत सकिएको छ भने बाँध निर्माणको फाउन्डेसनको काम हालसम्म ८ प्रतिशत मात्र भएको छ। 

जलविद्युत्को हेडवक्र्स, पावरहाउस, हाइड्रो मेकानिकललगायतका संरचना निर्माणका लागि १२ अर्ब रुपैयाँमा रमन–पटेल कन्ट्रक्सनले जोइन्ट भेन्चर (जेभी) मा ठेक्का सम्झौता गरेका छन्। गत आर्थिक वर्षमै ठेक्का सम्झौता गरी अघि बढाइएको भए पनि हालसम्म ८ प्रतिशत मात्र प्रगति देखिएको बरालको भनाइ छ। 

असोज २०८४ भित्र परियोजना सञ्चालनमा ल्याउने गरी काम भइरहेको आयोजनाको २०७७ फागुन २० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कमलामाई नगरपालिका– २ कुसुमटारमा शिलान्यास गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.