पूर्वी नाकाबाट रोकिएन तस्करी, साढे ३८ लाखको कपडा बरामद

पूर्वी नाकाबाट रोकिएन तस्करी, साढे ३८ लाखको कपडा बरामद
सुन्नुहोस्

झापा : झापाको पूर्वी नाका मेचीनगरबाट भन्सार छलेर भित्राइएको ठूलो मात्रामा लत्ताकपडा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापा, जिल्ला प्रहरी कार्यालय र मेची भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा ५१ पोका कपडा बरामद गरेको हो।

 
संयुक्त टोलीले मेचीनगर–७ गैरीगाउँ र मेचीनगर–६ सालघारीको तीन ठाउँबाट मंगलबार बिहान ७ बजेको समय करिब ३८ लाख ४८ हजार ४७० रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका डीएसपी तथा प्रवक्ता दिनेश कटुवालले जानकारी दिए। 

गैरीगाउँ र सालघारीमा ठूलो मात्रा भन्सार छलेर कपडा भित्राइएको सूचना पाए लगतै सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म काँकडभिट्टाको टोली सोमबार राति साढे ९ बजेदेखि सो क्षेत्रमा खटिएका थिए। सशस्त्रले गैरीगाउँबाट २२ पोका र सालघारीबाट २९ पोका कपडा बरामद गरेको हो। 

सीमा क्षेत्र, मकैबारी र एउटा घरबाट सो परिमाणका कपडा फेला परेको थियो। ‘सशस्त्रले दुवै स्थानमा रातभरि सामानको सुरक्षा दिएर बसेको थियो,’ डीएसपी कटुवालले भने, ‘आज बिहान प्रहरी र भन्सारसँगको सहकार्यमा सामान बरामद गरेका थियौँ।’ 

बरामद गरिएकोमा सामानमा कुर्ती, कुर्ता सुरुवाल, भेष्ट, पेन्टी, पाइन्ट, म्याक्सी, सटको थान कपडा, लुंगी, तन्ना, सुती साडी, गन्जी, ब्लाउज, पेटिकोट लगायतको रहेको छ। तस्करले मौका छोपी कपडा भित्र्याएको हुनुपर्छ। कसको सामान भनी नाम खुलेको छैन। बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि मंगलबार नै मेची भन्सार कार्यालय बुझाइसकेको डीएसपी कटुवालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.