इलाममा ओलीको उद्‍घोष- व्यक्तिगत पहिचानले हामी सफल हुन सक्दैनौं

इलाममा ओलीको उद्‍घोष- व्यक्तिगत पहिचानले हामी सफल हुन सक्दैनौं
सुन्नुहोस्

इलाम : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत पहिचान बनाउन खोजे सफल नहुने टिप्पणी गरेका छन्। इलाम-२ को विजयसभालाई सम्बोधन गर्दै मंगलबार उनल भने, 'हामीले व्यक्तिगत पहिचान बनाउन खोज्यौं भने सफल हुन सक्दैनौं।'

अध्यक्ष ओलीले अनेक भ्रम फैलाइरहेका बेला सुहाङ नेम्वाङले अत्यधिक मतले विजयी हुनु सानो कुरा नभएको बताए। ओलीले ‘समृद्धि नेपाल र सुखी नेपाली’ पहिचान भएको बताए। प्रदेशको नाममा पहिचनाको कुरा नरहेको उनको भनाइ छ। इलामको विकासको जिम्मा सुहाङ नेम्वाङले र नेम्वाङको जिम्मा आफूले लिने भन्दै उनले सुहाङ नेम्वाङले राम्रो काम गर्ने दाबी गरे। 

नेम्वाङले चुनाव जितेपछि शिर झुक्न दिन्न भन्ने प्रतिबद्धता गरेको बताउँदै अध्यक्ष ओलीले ०४८ को मतदान जितेपछि आफूले गरेको प्रतिबद्धता स्मरण गर्दै भने, '०४८ सालको चुनाव जितेपछि पहिलो भाषणमा मैले भनेको थिएँ। उहाँले त्यसै भन्नुभयो।' सुशासन र विकाससम्बन्धी नीति एमालेसँग भएको दाबी गरे।

त्यस्तै इलाम-२ बाट निर्वाचित उम्मेदवार सुहाङ नेम्बाङले आफूले पाएको मत र भरोसाको एकएक हिसाब गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाए। उनले भने, ‘तपाईंहरूलाई कहिल्यै पनि पछुतो हुन दिनेछैन। तपाईंहरूको सल्लाह सुझावमै अगाडि बढ्नेछु। काम गरेर देखाउने छु।’

नेम्वाङले पहिचानको विषयमा बहस भइरहेको भन्दै यसलाई संविधानले नै ग्यारेन्टी गरेको स्मरण गराए। उनले समाजलाई इन्द्रेणीको उदाहरण दिँदै भने, ‘सात रंग मिलेर इन्द्रेणी बनेजस्तै हामी सबै मिलेर यो समाज बनेको छ। सबै समुदाय र जातको पहिचानको हक, अधिकार सुनिश्चित हुने संविधान बनेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.