मुक्तिनाथबाट जोमसोम आउँदै गरेको बस दुर्घटना, २१ जना घाइते

मुक्तिनाथबाट जोमसोम आउँदै गरेको बस दुर्घटना, २१ जना घाइते

मुस्ताङ :  मुक्तिनाथबाट जोमसोम आउँदै  गरेको बस दुर्घटना भएको छ। दुर्घटनामा २१ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका डीएसपी भोजराज पाण्डेले प्रदेश ३-०१-००६ ख ६२२ नम्बरको बस कागबेनी मोडमाथि दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएको जानकारी दिएका छन्।

उनका अनुसार घाइतेहरूको मुस्ताङ अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ। घाइते हुनेमा १४ पुरूष र ७ महिला छन्।

ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।  बस सडकमै पल्टिएको थियो।  प्रहरी र स्थानीयको सहयोगमा बस हटाएर सडक सुचारु गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.